अमेरिकन बाबुको फष्ट लुक



 

अमेरिकामा निर्माण भएको नेपाली फिल्म अमेरिकन बाबु मेड इन नेपालको हालै राजधानीमा आयोजित एक समारोहबिच फस्ट लुक पोष्टर तथा ट्रेलर रिलिज गरिएको छ।

कार्यक्रममा पत्रकार विजयरत्न तुलाधरले स्वीच अन गरेर ट्रेलर तथा पत्रकार नारायण राईले पोष्टर सार्वजनिक गरेका थिए। फिल्म रिलीजको तयारीमा रहेको छ। ठ”लो सपना बोकेर अमेरिका पुग्ने नेपालीको अमेरिका बस्दाको बास्तविक कथा तथा भोगाईको यथार्थता फिल्म हेर्न पाइने नेपाल संयोजक श्याम स्मृतले बताए।

ईश्वर थापाको सम्पादन तथा निर्देशन रहेको फिल्ममा सुरेन्द्र नकर्मीको लेखन तथा शम्भु मोक्तानको छायांकन सान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पाउल, प्रियंका ऐर, अञ्जली लामा, राजेश गुरुङ, रघु गिरी, सम्झना उप्रेती, कृष थापालगायतका कलाकारका साथमा गायक तथा नायक बाबु बोगटीको पनि विशेष भ”मिका रहेको छ। ओम कर्माचार्य र बाबु बोगटीले संगीत दिएको फिल्मा गीत ओम कर्माचार्य, बाबु बोगटी र ईश्वर थापाको रहेको छ भने बाबु बोगटी, जगदीश समाल, अञ्जना गुरुङ र सविता श्रेष्ठको गायन रहेको छ। फिल्म राजेश गुरुङ, सम्झना उप्रेती र मञ्जु रानामगरको निर्माणमा बनेको हो।

प्रतिक्रिया दिनुहोस्