सञ्चालन हुँदै नवदुर्गा नाच



 

सुनील महर्जन
विगत २० वर्षदेखि रोकिएको ठेचोको नवदुर्गा नाच यसपालि दशैंको पूर्णिमामा पाटन दरबार क्षेत्रमा सञ्चालमा आउने भएको छ।

विशेषतः नवदुर्गा गुठी, माली समाजको अग्रसरता नाच सञ्चालन हुन लागेको हो। यसमा ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षतामा गठित यल सास्ंकृतिक संरक्षण समितिको पनि भूमिका रहेको छ। ठेचो नवदुर्गा भवानीदेवी मन्दिरदेखि पाटनमा नाच प्रदर्शन गर्न आउने परम्परा छ।

१९ वर्षअघि विजयादशमीको नाच रोकिएको थियो भने ४ वर्षदेखि पूणिर्माको दिन नचाइने नाच स्थगित भएको थियो। ठेचोको नाचसँगै अन्य नाच पनि लोप हँुदै गएका छन्। तलेजु मन्दिरका पुजारी निरण राजोपाध्यायले गुठी संस्थान र ललितपुर महानगरपालिकाले सहयोग गरेमा लोप भइसकेको दशैंको लिच्छविकालीन मू आजु द्यः पर्व, मल्लकालीन तलेजु भवानीदेवी पूजा पर्व र शाहकालीन कालरात्रि पर्व पुनः सञ्चालन गर्न सकिने बताउनुभयो।

दरबारका लोप भइसकेका नाच पुनः सञ्चालन गर्न आवश्यक सहयोग गर्ने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पहिला दिँदै आइरहेको दरबन्दीमा वृद्धि गरिने बताउनुभयो।

पाटन दरबार क्षेत्रको मूलचोकलाई केन्द्रविन्दु बनाएर सञ्चालन हुने, पायो जात्रा (खड्ग जात्रा) र त्यससँंग सम्बन्धित परम्परा लोप भइसकेका छ। हाल सञ्चालित कतिपय सांस्कृतिक नाच पनि जेनतेन सञ्चालन भइरहेको छ।

पाटन दरबार स्क्वायरमा भने अहिले केही रौनक देखिएको छैन। रकम अभावका कारण अधिकाशं सांस्कृतिक पर्व बन्द र बन्द हुने क्रममा रहेको छ।‘यस्तै अवस्था रहने हो भने अहिले सञ्चालन भइरहेका पर्व भने लोप हुने छन्।’ तलेजु भवानीका पुजारी सञ्जयराज शर्माले भन्नुभयो।
पाटन दरबार स्क्वायरस्थित मूल चोकसँगसम्बन्धित मुख्य ३ वटा पर्व छन्। लिच्छवीकालीन मूःछेँ आँगन घर गुठीको माजु द्यः पूजा पर्व, मल्लकालीन तलेजु पूजा पर्व र शाहकालीन फूलपाटी भित्त्याउने पर्व। मूल पर्वसँग सम्बन्धित अन्य थुप्रै पर्व छन्। गुठीयारहरू सो पर्व पुनःसञ्चालनका लागि गुठी संस्थान र ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गर्न थालेका छन्। बरोबरको ध्यानाकर्षणपछि यस पटक नवदुर्गा नाच सञ्चालन हुने भएको छ।

नवदुर्गा भवानी देवी गुठीका अध्यक्ष भक्तलाल मालीले भन्नुभयो– ‘हामी पाटन दरबार क्षेत्रमा परम्परादेखि सञ्चालन हँुदै आएको नाच देखाउन पटक–पटक ताकेता गर्दै आएकोमा यस पटक सहयोग पाउने वचन आएको छ। नाच सञ्चालनका लागि गुठी संस्थान र ललितपुर महानगरपालिकाले उचित वातावरण तयार गर्नुपर्ने पनि उहाँको जोड थियो।

अध्यक्ष मालीले पाटन दरबार हेरचार समिति, गुठी संस्थान र महानगरपालिकाले मुखले सांस्कृतिक नगरी बनाउने भने पनि व्यवहारमा अनेक वहानाबाजी गरी असहयोग गरेकाले चाडपर्व विगतमा बन्द भएको बताउनुभयो। संस्थान र महानगरपालिकाको बेवास्ताका कारण नवदुर्गा भवानी नाच विगत ५ वर्षदेखि बन्द रहेको छ। यस पटक लगातारको प्रयासले नाच सञ्चालन गर्न लागेको हो। महानगरपालिकाबाट अझै प्रोत्साहन नपुगेको उहाँले बताउनुभयो।
खड्ग जात्रा पूर्णरूपमा सञ्चालन गर्न सकेको छैन। कुमारीलाई गुठी संस्थान र महानगरपालिका दिँदै आएको रकम समयानुकूल नभएको कुमारी गुठीका सदस्य सिद्धिरत्न बज्राचार्यले बताउनुभयो।

सो अवसरमा नाच सञ्चालनका लागि पूजाआजा गर्ने मूछँे आगका पुजारी माधवश्याम शर्माले विनाशकारी भूकम्पले पुरातात्विक र धार्मिक महत्त्व रहेको मूछँे आगः मन्दिर पूर्ण रूपमा भत्किएको त्यहाँका मूर्तिहरू अलपत्र अवस्थामा रहेको बताउनुभयो। नाच अवलोकन गर्न आएका विदेशी पर्यटकबाट उठाउने गरेको शुल्क ललितपुर महानगरपालिकाको मुख्य आम्दानीको स्रोत बन्ने गरेको छ। ‘पर्यटकबाट मात्रै उपमहानगरलिकाले वर्सेनी करोडौं रुपियाँ राजस्व भित्त्याउने गरेका छन्। तर संस्कृति संरक्षणमा उदासीनता रहेको पायौं’, – गुठीका सन्तमान महर्जनले बताउनुभयो।

यसपालि लोप भइसकेको नाच पुनः सुचारु भएमा दशैंमा पाटन दरबारमा रात्रिकालीन पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको यल संस्कृति पर्व संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्