अष्ट्रेलियाका शहरमा नेपाल आइडलको कन्सर्ट



 

नेपाल आईडलका टप थ्रीको प्रस्तुतीले सीडनीसरगै अस्ट्रेलियाका केही सहर संगीतमय हुने भएको छ। कार्यक्रमअन्तर्गत पहिलो नेपाल आइडल बुद्ध लामा फष्ट रनर्सअप निशान भट्टराइ र सेकेन्ड रनर्सअप प्रताप दाले अस्ट्रेलियामा कन्सर्ट दिनेछन्। नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप ३ लाई लिएर अस्ट्रेलीया कार्यक्रम गर्न लागेको हो।

सिडनीमा हुने कार्यक्रम ओलम्पीक पार्क स्पोर्ट्स सेन्टरमा हुँदैछ। जहाँ हालसम्म नेपाली कलाकारले कुनै कार्यक्रम गरेका छैनन्। संभवत यो नै ओलम्पीक पार्कमा पहीलो नेपाली कार्यक्रम हुनेछ। एभरेष्ट कम्युनिकेशनको प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डीसेम्बर १ मा हुने छ।

नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आगामस्े नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म चल्नेछ। जुन कार्यक्रम सिडनीसँगै ब्रिसबेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ।

प्रतिक्रिया दिनुहोस्