लन्डन, (एजेन्सी)
गेरेथ बेलको दबदबा तोड्दै इंग्लिस प्रिमियर क्लब रिडिङका डिफेन्डर क्रिस गन्तर सन् २०१७ को वेल्स प्लेयर अफ दि इयर घोषित भएका छन्।
गन्तर वेल्सको वर्ष खेलाडी भएपछि विगत ४ वर्षदेखि वर्ष खेलाडीको उपाधि जित्दै आएका रियल मेड्रिडका स्ट्राइकर गेरेथ बेलको आधिपत्यलाई तोड्न सफल भएको हो। तर बेल प्लेयर्स प्लेयर अफ दि इयर र स्टोक सिटीका मिडफिल्डर जोए एलेन फ्यान्स प्लेयर अफ दि इयर घोषित हुन सफल भए। यस्तै लौरा ओ सुलीभन यस वर्षको वेल्स वोमेन्स प्लेयर अफ दि इयर घोषित भइन्।