भारतीय प्रधानमन्त्री मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउँदै



नेपाल समाचारपत्र, काठमाडौ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल आउने भएका छन्।

असोजको अन्तिम वा कार्तिकको पहिलो साताभित्र मोदी नेपाल आउने गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउने गृहकार्य भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेशचन्द्र भट्टराईले जानकारी दिए।

उनी आउने मिति र कति दिन बस्ने बारेमा कुनै निर्णय भइनसकेको भट्टराईले बताए।

उनले भने,‘हाम्रो प्रधानमन्त्री देउवाले राजकीय भ्रमणमा औपचारिक निम्तो दिइसक्नुभएको छ।’ जुन कुरा प्रधानमन्त्रीमको भारत भ्रमणको समयमा जारी संयुक्त विज्ञप्तिको ४६ बुँदामा उल्लेख छ।

मोदी प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए। त्यसको तीन महिनापछि नेपालमा आयोजित १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन दोस्रोपटक मंसिर ०७१ मा काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्