तालमेलको राजनीतिः एमाले र माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने समझदारी,५ बजे राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन



नेपाल समाचारपत्र, काठमाडौँ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक ध्रुवीकरण शुरु भएको छ ।

नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुने स्थानीय तहको नयाँ गठबन्धन कायम गरी निर्वाचनमा भाग लिन लागेको हो ।

माओवादी केन्द्र र एमालेबीच पार्टी एकता संयोजक समिति नै गठक भइसकेको छ । एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाएको छ भने माओवादी केन्द्रले अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सम्मिलित एकता संयोजन समिति बनाएको छ ।

उनिहरुले अबको निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति गरेको व्यापक चर्चा चलेको छ । एमालेको चुनाव चिन्ह सूर्य लिएर लड्ने दुई पार्टीबीच सहमति भएको बताईएको छ । एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय भए पनि कसको चुनाव चिन्ह लिने निर्णय भने नभएको र दुई दलबीचको वार्ता पनि जारी रहेको भनिएको छ ।

हाल सम्मको निणर्यअनुसार एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत दिएर उम्मेदवारी दिने समझदारी भएको बताइएको छ ।

यसको औपचारीक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्