बल्खुमा भिषण आगलागी, विस्तृत विवरण आउन बाँकी



काठमाडौँ, १५ असोज । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् ।

मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताउनुभयो ।

आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्