प्रहरी कार्यालयमानै यौनधन्दा



सञ्जय कार्की, रौतहट । रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिबिधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन ।

होटल र लजमा बेश्याबृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मोर चर्चा कमाउने प्रहरीनै स्वयम आफनो कार्यालयको कक्षमा यौनधन्दामा लागेको भन्दै स्थानीय आक्रोशित बनेका हुन ।

ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले यौनधन्दामा संलग्न एक महिला लाई कार्यालयको कक्षमानै शारिरीक सम्पर्क राख्दै गरेको अबस्थामा स्थानीयले रङ्गेहात पक्राउ गरपछि स्थानीय आक्रोशित बनेका हुन ।

ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमानै गाउकै एक महिला संग शारिरीक सम्पर्क राखेपछि स्थानीयले कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका थिए ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब  उपरिक्षक यादब ढकालले प्रहरी जवान सहित ती महिला लाई हिरासतमा लिएको बताउनु भयो ।

समाजमा हुने बिकृती, कुरीति हटाउदै शान्ति सुरक्षामा खटिनु पर्नेप्रहरीनै कार्यालयमा यौनधन्दा गरेर समाजमा लज्जित तुल्याएको आरोप स्थानीयको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्