आज विजया दशमी: मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्दै खुसी साटेर दशैं साथ मनाइदैं



आज विजया दशमी, अर्थात टीका लगाउने दिन । मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंकाे टीकाकाे उत्तम साइत मध्यान्ह ११ बजेर ५५ मिनेटमा निकालेकाे छ । नवरात्रकाे पहिलाे दिन असाेज ५ गते तद्अनुसार सेप्टेम्बर महिनाकाे २१ तारिख  बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापनाकाे  शुभ साइत जुरेकाे थियाे।

असोज ९ गते सोमबार पचली भैरव यात्रा, असोज ११ गते बुधबार दसैं घर वा कोठामा फूलपाती भित्र्याउने,  असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा, असोज १३ गते शुक्रबार महानवमी र अाज असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान अाज िवहानै ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । अाजै मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेकोले सबैले दशैकाे टीका लगाउने काम गरीरहेका छन ।

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैं पर्व समापन हुन्छ । नेपाल राज्यभर दसैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दसैं मनाउने गर्छन् । यही पर्वका अवसरमा लामो समय सरकारी कार्यालयमा सार्वजनिक बिदा पनि िदइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्