आफन्त चढेको बस दुर्घटना, चार गम्भीर घाइते



दैलेख, ११ असोज (रासस) ः सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नंको बस बुधबार साँझ करिब ६ः३० बजे दुर्घटना हुँदा बसमा चढेका २२ जना सबै आफन्त घाइते भएका छन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकोले उपचारका लागि सुर्खेत लगिएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

कोहलपुरबाट पूजापाठका लागि घरपरिवारका आफन्त चढेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा चढेका सबैजसो सामान्य घाइते भएका भए पनि उदय शाही, अंगत शाही, तारा शाही र बस चालक उपेन्द्र शाही गम्भीर घाइते भएको दैलेख प्रहरी प्रमुख सरोज पौडेलले जानकारी दिनुभयो ।

गुराँस गाउँपालिकाको वडा नं ४ तालपोखरी ओरालोमा एक्कासी गाडीमाथिको नियन्त्रण गुमेपछि बस दुर्घटना भएको थियो । बसमा २२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्