बस दुर्घटनामा परी एकको मृत्यु, २४ घाइते



गुलरिया, बर्दिया, ११ असोज (रासस)
पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा धादिड ढोला गाउँपालिका–२ का ६४ वर्षीय रामबहादुर श्रेष्ठ रहेको छ । पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४१५३ नंको बस मंगलबार राति अचानक आफैँ पल्ँिटदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाईते भएका श्रेष्ठको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । घाईतेमध्ये चार जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी काार्यलयले जनाएको छ ।

बस चालकलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्