कोरियाको मोडल अवार्डमा सपना



 

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लक्जरी ब्रान्ड मोडल अवार्ड २०१७ मा कामनपा १४ की ३१ वर्षीया सपना थापाले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।

इप्लानेट नेपालले उनलाई सो प्रतियोगितामा पठाउन लागेको हो। हालै राजधानीमा आयोजित मिसेस ग्लोवल २०१७ मा बेस्ट पर्सनालीटी अवार्ड चुमेकी उनी तीन दर्जन प्रतियोगीलाई पछि पार्दै अवार्डका लागि छानिएकी हुन्। यो अवार्ड आगामी अक्टुबर २० देखि २४ सम्म कोरियाको सियोलमा आयोजना हुँदै छ। ६० बढी राष्ट्रका सुन्दरीको सहभागिता रहने प्रतियोगितामा यो नेपालको दोस्रो सहभागिता हो।

विभिन्न देशको कला संस्कृति प्रदर्शन गर्ने उद्देश्यले आयोजना हँुदै आएको प्रतियोगितामा थापा नेपाली मौलिक पहिरन, नेपाली कला संस्कृति झल्कने गर–गहनासहित सहभागी हुँदै छिन्। विवाहित महिलाको सहभागिता रहने प्रतियोगिता नेपाली कला संस्कृतिको विदेशमा पहिचान गराउने एक अवसरका रूपमा आफूले लिएको इप्लानेटका म्यानेजिङ डाइरेक्टर सन्तोष सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्