विद्यार्थीसँग यौन सम्बन्ध राख्ने शिक्षिका पक्राउ



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राज्य जर्जियाका एक पूर्व जिम शिक्षकलाई विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा यही वर्ष दोस्रो पटक पक्राउ गरिएको छ। ४० वर्षीय सावनेटा डी रिसलाई सन् २०१५ मा माध्यमिकस्तरका एक विद्यार्थीसँग यौनजन्य क्रियाकलापमा लिप्त रहेकामा बिहीबार हिरासतमा लिएको जर्जियाको जाँच ब्युरोले जनाएको छ। आरोप लागेका बेला विद्यार्थीको उमेर १८ वर्ष रहेको जनाइएको छ।

युनियन काउन्टी मिडल स्कुलका पूर्व जिम शिक्षिकालाई ब्लयर्सभिलास्थित उनकै घरबाट पक्राउ गरिएको थियो। सन् २०१३ मा एकजना १५ वर्षीय किशोरसँग यौनजन्य क्रियाकलापमा सक्रिय रहेको आरोपलाई लिएर अधिकारीहरूले अनुसन्धान गरेका थिए। रिसलाई अगस्ट १४ मा १५ वर्षीय केटासँग सम्बन्ध रोखेको आरोपमा पक्राउ गरिएको थियो। उनलाई सुपरभाइजर वा अनुशासनको जिम्मेवारी सम्हालेको भएर पनि बाल यौन तथा यौन शोषणको आरोप लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्