नबिल बैंकलाई अवार्ड



 

नेपाल समाचारपत्र
काठमाडौं
नबिल बैंक चौंथो न्यूबिज बिजनेस कन्क्लेभ अवार्ड २०१७ मा सर्वोत्कृष्ट व्यवस्थित वाणिज्य बैंक –२०१७ बाट सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई सो पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले भन्नुभयो–‘प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको लागि अत्यन्त गौरवको विषय हो र यस बाट सम्मानित हुनु बैंकले विषम आर्थिक तथा बजार अस्थिरताका बाबजुद प्राप्त गरेको उत्कृष्ट सफलता साथै बैंकले अबलम्बन गरेका विवेकशील अभ्यासहरू र आफ्ना सरोकारवाला निर्दिष्ट सोचको सही मूल्यांकनको स्पष्ट प्रमाण हो।’ नबिल बैंकले आर्थिक वर्ष २०७३⁄७४ मा ३ अर्ब ६१ करोड नाफा गरेको र शेयरमा आम्दानी २६ दशमलव ६५ प्रतिशत र प्रतिशेयर आम्दानी ५८ दशमलव ४१ का साथ आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ४० अर्ब पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्