यतीको अर्को एटीआर आयो



 

काठमाडौं, (नेस)
यती एयरलाइन्सले सञ्चालनमा ल्याएको ट्विन इन्जिनसहितको आधुनिक प्रविधियुक्त एटीआर ७२–५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा एमएसएन (म्यानुफ्याक्चरिङ सिरियल नम्बर) ७४९ भएको दोस्रो एटीआर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

एटीआर ७२–५०० फ्रेञ्च–इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो। उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रूपमा स्थापित हुँदै गइरहेको छ।

त्यसैगरी वैदेशिक बजारमा निरन्तर विस्तारित हुँदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको छ . एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दुई वटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू १२७ इन्जिनले शक्ति प्रदान गर्छ। यी अत्याधुनिक प्रविधि सुसज्जित इन्जिन र प्रोपेलरले अद्वितीय कार्यक्षमता प्रदर्शन गर्नुका साथै इन्धन मितव्यायी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्दछ।

एयर न्यूजिल्यान्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजंल, बैंकक एयरवेज, जेट एयरवेज, मालिन्डोलगायत एटीआर ७२–५०० विमानका विश्वमा परिचित हवाई सेवा प्रदायक हुन्।

एटीआर ७२–५०० विमान नोर्डिक एभिएसन क्यापिटलबाट वित्तीय पट्टा अन्तर्गत खरिद गरिएको हो। ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रीय पट्टादाता हो। एयरोमेक्सिको, एयर क्यानाडा, ब्रिटिस एयरवेज, एलवोटी, एयर बर्लिन, गरुडा, फ्लाइबी, एचओपीलगायत अग्रणी एयरलाइन्स तथा प्रमुख क्षेत्रीय वाहक एयर नोस्ट्रम, जेट टाइम, ईटिहाद रिजनल, बिन्टर, एयर केबीजीलगायत यसका सेवाग्राहीका रूपमा रहेका छन्। एनएसीको हालका ३ सय ५०० भन्दा बढी स्वामित्व प्राप्त र ३० व्यवस्थापन सम्हालिएका विमानमा एटीआर ४२, एटीआर ७२, बम्बारडियर ड्यास ८, सीआरजे ९०० सीआरजे १०००, सीएस३००, ई १७०, ई १७५, ई १९० र ई १९५ पर्छन्। एटीआर र बमबार्डियर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त तथा पट्टादाता हो।

यती एयरलाइन्सले आफ्नो पहिलो एटीआर ७२–५०० को सेवा थालनी विराटनगर र नेपालगन्ज विमानस्थलबाट गरिसकेको छ भने यो दोस्रो विमान थप भएपश्चात भैरहवा र भद्रपुर स्टेसनमा समेत सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्