साल्ट ट्रेडिङको सुपथ मूल्यको पसलमा उपभोक्ताको भिड



SONY DSC

विमल विष्ट,डोटी ।
साल्ट ट्रेडिङ कर्पोरेसनको उप शाखा कार्यालय डोटीले दसै र तिहारका लागि सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पिपल्ला बजारमा पनि सुपथ मूल्यको पसल सञ्चालनमा आएपछि उपभोक्ताको भिड लाग्ने गरेको छ ।
उपभोक्तालाई चिनी र नुन सुपथ मूल्यमा बिक्रीका लागि कार्तिक ९ गतेसम्मका लागि सो पशल सञ्चालनमा ल्याइने भएपछि अहिले यहाँका ग्रामिण क्षोत्रका स्थानियबासीहरुको चिनी र नुन किन्न भ्याई नभ्याई भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन उप शाखा कार्यालय दिपायलले आफनो शाखाबाट बिहान १०.३० बजे देखि साँझ ५.३० बजेसम्म सुपथ मूल्यका पसल सञ्चालन गरेको उप शाखा सहायक महाप्रबन्धक दिपकराज भट्टले बताउनुभयो ।

पसलबाट उपभोक्ता लाई बजार मूल्य भन्दा चिनी ६ र नुन ४ रुपियाँ कम गरी बिक्री गर्ने व्यवस्था गरिएको छ । कर्पोरेसन उप शाखा डोटीले सुपथ मुल्यको पशल सञ्चालनमा ल्याएपछि अहिले दैनिक एक सय भन्दा बढी स्थानिय बासी (उपभोक्ता) ले चिनी र नुन किन्ने गरेको कर्पोरेसन उप शाखा कार्यालय दिपायलले जनाएको छ ।

बजारमा चिनी ८५ र नुन २० रुपिया प्रतिकिलोका दरले बिक्री हुदै आएको छ । दसै र तिहारको अवधिमा कर्पोरेसनले चिनी ७६ र नुन रु १८ रुपिया प्रतिकिलोका दरले बिक्री गर्ने ब्यबस्था मिलाईएको साल्ट ट्रेडिङ कर्पोरेसनका उप शाखा सहायक महाप्रबन्धक भट्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्