केटिलाई घरबाट भगाउन सहयोग गरेको भन्दै गाउँलेले गरे शिक्षकको घरमा आगजनी



विनोद सिंह विष्ट,बैतडी ।
बैतडीको दुर्गम शिवनाथ गाँउपालिका–६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनी र तोडफोड गरेका छन् ।

गैरदलित परिवारकी छात्रा दलित केटासंग गएपछि विद्यालय व्यवस्थापन समितीले निस्कासित गरी गाँउबाट विस्थापित भएका शिक्षकको घरमा शनिबार आजगनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगजनीबाट उनको घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । गैरदलित छात्रालाई दलित केटासंग भाग्न शिक्षक करन रानाकी पत्नी शिक्षिका राजु रानाले सहयोग गरेको स्थानीयको आरोप छ ।

राजु राना स्थानीय कृष्ण निमाविमा शिसु कक्षा पढाउने शिक्षिका हुन भने उनका पति करन राना श्री हिरापुर मावि कनालिमा निमावि मा राहात कोटाबाट अध्यापन गराउदै आएका थिए । १३ वर्षीय छोरी र ९ वर्षीय छोरालाई संग राखि सदरमुकाममा बस्दै आएका करन रानाको घरमा आगजनी गरेपछि धनमाल र लत्ताकपडा सबै जलेका छन् ।

“उपल्लो जातिको छोरीलाई तल्लो जातिको केटासंग भगाउनमा तेरो र तेरो पन्तीको हात छ भन्दै मलाई गाँउबाट विस्थापित गरीयो ।” रानाले भने । न्यायको लागि महिनौँ देखि राना परिवार सदरमुकाममा बस्दै आएका छन् ।

“नयाँ घरमा आगजनि ग¥यो भनेर आफन्तले खबर गरे, सबै सम्पत्ति र लत्ताकपडा घरभित्रै थियो” रानाले दोहो¥याए ।

विस्थापित करन रानको घरमा आगो लगाउने व्यक्तिहरुको खोजिकार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र वमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्