छापामार शैलीमा अाएर संसदको गेटैमा नाराबाजी गर्ने डा. केसीका समर्थकलाई प्रहरीको भ्यानमा कोचियो



नेपाल समाचारपत्र, काठमाडौं । धर्ना तथा जुलुस गर्न नपाइँने ठाउँमा नाराबाजी गरीरहेका डा. गोविन्द केसीका समर्थकलाई प्रहरीले भ्यानमा कोचेर लगेको छ । आज बिहान करिब १० बजे संसद भवन पुगेका एक हुल युवाले गोजीमा राखेको प्लेकार्ड झिकेर एकाएक अनि नारा लगाउन थालेका थिए। प्रहरीले पश्चिमतर्फ एभरेष्ट होटल र अर्कोतर्फ मीनभवनबाटै प्रदर्शनकारीलाई अघि बढ्न दिँदैन।

तर, छापामार शैलीमा आएका ती युवाले प्रहरीले पत्तो नपाउँदै संसद भवनको गेटैमा नाराबाजी गर्न भ्याएका थिए। व्यवस्थापिका संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै आन्दोलनमा उत्रिएका डाक्टरहरू पक्राउ परेका हुन् । आज बिहान ९ बजे संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका बेला संसद भवन बानेश्वरबाट १५ जना डाक्टर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डा गोविन्द केसीका समर्थकहरु डा. जीवन क्षेत्री, डा अभिशेषक सिंह, आईओएमका विद्यार्थी विशद दाहाललगायत छन् । आजै ११ बजे डा. गोविन्द केसी १२औं अनशन बस्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्