देउवाको अमेरिका पनि उस्तै



 

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघको महासभामा भाग लिन अहिले अमेरिकामा छन्। देउवा जहाँ जान्छन्। देउवाको प्रवृत्ति पनि सँगै जाने नै भयो। देउवा प्रधानमन्त्री भएलगत्तै साझा सवाल भन्ने कार्यक्रममा तपाईं बढी बोल्दै हुनुहुन्छ भनेर देउवा चर्चामा आएका थिए। अहिले अमेरिकामा रहेका देउवालाई एउटा अन्तरक्रिया कार्यक्रममा बोलाइयो। कुनै पूर्वतयारी नगरी देउवा सहभागी भएको धरहराले कैद गर्यो।

देउवाले किन पटक–पटक यसो गरिरहन्छन् ? देउवा थोरै बोल्ने गर्छन्। थोरैभन्दा पनि धेरै चर्चा किन हुन्छ ? नेपाली जनता दिकदार भएका छन्। देउवा कांग्रेसको सभापतिसँगै देशको प्रधानमन्त्री पनि हुन्। देउवाले देशको प्रतिनिधित्व गरेर जाँदा देशको इज्जत बढाउने काम गर्नुपर्ने हो। तर, सधैं दिक्क लाग्ने गरी काम गरेको देख्दा यो बानी कहिले सुधार होला भनेर नेपाली जनता चिन्तित भएका छन्। हैन देउवाको बानी कहिने सुध्रिन्छ हो? अमेरिकामा दूरबिन सोझ्याउँदा पनि देउवाले आफ्नो शैली र पन नछोडेको भन्दै अमेरिकामा रहेका नेपालीले समेत मन दुखाएका छन्।

प्रतिक्रिया दिनुहोस्