काइली २० वर्षमै गर्भवती



 

रियालिटी स्टार तथा हलिउड एक्ट्रेस काइली जेनर गर्भवती भएकी छिन्। २० वर्षीया यी नायिका केही समय अघिदेखि २५ वर्षीय ट्रेविस स्टकसँग डेट गरिरहेकी थिइन्।

जब उनी गर्भवती भएको खबर बाहिरियो, उनको पहिलो प्रेमी र्यापर टियागाले स्न्याप च्याटमा काइलीको पेटमा रहेको बच्चा आफ्नो भएको दाबी गरेका थिए। तर पछि उनले यो स्ट्याटस डिलिट गरिदिएका थिए।
काइलीका परिवारजन भने उनी गर्भवती भएको कुराले चिन्तामा रहेका छन्। एजेन्सीका अनुसार उनीहरूको भनाइ छ कि बच्चालाई हेरचार गर्ने मामलामा काइली अझै सानी छिन्। स्रोतलाई उद्धृत गर्दै एजेन्सीले जनाएअनुसार काइलीको यस खबरले सबै मानिसहरू चकित परेका थिए।

तर काइली यो खबरले उत्साहित छैनन्। हालै उनी लसएन्जलसमा कालो रङको खुकुलो टिसर्टमा देखिएकी थिइन्। उनको ड्यु डेट जनवरी फ्रेबुअरी २०१८ हो। उनले १० वर्षको उमेरदेखि नै रियालिटी शो किपिङ विथ कार्डसियनमार्फत् आफ्नो करिअर शुरू गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्