कांग्रेसका वडा अध्यक्षका उम्मेदवारका छोराको गोली हानी हत्या



रौतहट। अकबर परोहा नगरपालिकाको वडा नम्बर २ कांग्रेसका वडा अध्यक्षका उम्मेदवार मौलाना शेराजुद्धिनका छोराकाे हत्या भएकाे छ ।  रौतहटको परोहा नगरपालिका–२ जिँगडवा बेलविछवामा नचिनेका मानिसको समूहले जिँगडवा बेलविछवा टोलका २५ वर्षका अबु सयब अकबरको गोली हानी हत्या गरेको हाे ।

जिँगडवा बेलविछवा टोलका २५ वर्षका अबु सयब अकबरलाई आफ्नै घरको बरण्डामा साथीहरुसँग सुतिरहेको अवस्थामा नचिनेका मानिसको समूहले गोली हानेको प्रहरीले जनाएको छ ।

अकबर परोहा नगरपालिकाको वडा नम्बर २ कांग्रेसका वडा अध्यक्षका उम्मेदवार मौलाना शेराजुद्धिनका छोरा हुनुहुन्छ । मौलानालाई माओवादी उम्मेदवारले हराएका थिए ।

छातीमा गोली लागि गम्भीर घाइते भएका अकबरको उपचारका लाागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसिइबीका कारण अकबरमाथि गोली हानिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा संलग्न व्यक्तिको खोजी तीब्र पारिएको प्रहरी निरीक्षक अशोक झाले बताए।

प्रतिक्रिया दिनुहोस्