राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण



 

नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई बिर्सिन नहुने बताउनुभएको छ।

चन्द्रागिरी हिल्स् लिमिटेड परिसरमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले चन्द्रागिरीमा उहाँले सालिकको प्रतिस्थापनले नेपाली इतिहासको संरक्षण र सम्वद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

आइतबार चन्द्रागिरी हिल्स्मा आयोजित कार्यक्रममा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको हो।

सालिकको उचाइ ५ फिट ८ इन्च रहेको छ। पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै चन्द्रागिरी हिल्स् लिमिटेडले उक्त सालिक निर्माण गरेको बताएको छ। कार्यक्रममा मन्त्री, विभिन्न राजनीतिक दलका नेतालगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्