होटल सांग्रिलामा शक्तिशाली बम



 

काठमाडौं, (नेस)
काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटेलअगाडि आइतबार बेलुका शक्तिशाली पाइप बम फेला परेको छ। पाइप बम फेला परेलगत्तै नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। बम कसले राखेको भन्नेबारे खुल्न नसकेको र अनुसन्धान जारिरहेको प्रहरीले बताएको छ।

सेनाको टोलीले सो बम निष्कृय पारेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्