बिल गेट्सद्वारा किबोर्ड डिजाइनिङमा गल्ती भएको स्वीकार



 

न्युयोर्क, (एजेन्सी)
माइक्रोसफ्टका संस्थापक तथा विश्वका सबैभन्दा धनी बिल गेट्सले आफ्नो एक गल्तीको उल्लेख गरेका छन्। उनले विन्डोज कम्प्युटरमा अहिले टास्क म्यानेजरका रूपमा प्रयोग हुने तीन वटा वटम कन्ट्रोल, अल्ट र डेलको स्थानमा एउटै बटम दिनुपर्ने बताए। उनले उक्त कुरा ब्लुमवर्ग बिजनेस फर्ममा बोलेका थिए।

माइक्रोसफ्टको शुरूका दिन स्मरण गर्दै गेट्सले भने– ‘यदि आज मलाई कुनै एक परिवर्तन गर्नु छ भने म ती तीन वटा बटनको स्थानमा एउटै बटम दिन चाहन्छु। किनभने तीन वटा बटमको सहयोगमा टास्क म्यानेजरमा काम गर्नु अनौठो प्रक्रिया हो। एप्पल म्याकबुकमा जस्तै विन्डोजमा पनि एउटै बटनको अप्सन दिनुपथ्र्यो। सन् १९८१ को कुरा हो, जब शुरूका दिनमा आईबीएम विन्डोजका लागि किबोर्ड डिजाइन गरिरहेका थियौं। त्यतिबेला मेरो दिमागमा यो कुरा आएको थियो– कि यसका लागि एउटै बटम नराख्ने ?’

आफूले आईबीएम डेभलपरसँगको कुराकानीमा एउटै बटन राख्नुपर्ने बताएको तर आईबीएमका किबोर्ड डिजाइनिङ टोली आफ्नो कुरामा सहमत नभएको बिल गेट्सले बताए। आईबीएमका अनुसार सुरक्षाका दृष्टिकोणले विन्डोजका लागि यो कमान्ड अन्त्यन्त जरुरी छ। त्यसैले आफूले उनीहरूको कुरा मान्नुपरेको र आफ्नो सुझाव फिर्ता लिएको उनले बताए।

आईबीएमका किबोर्ड डिजाइनिङ टोलीमा रहेका डेविड ब्रेडलीले एक ठाउँमा उनीहरूले उक्त कमान्डका लागि एक सर्टकटका रूपमा विकास गरेको तर पछि तीन वटा बटम प्रचलनमा आएको बताएका थिए। टोलीको उद्देश्य टास्क म्यानेजर प्रक्रियालाई सुरक्षित तथा सहज बनाउनु रहेको उनले बताए।

शुरूमा कन्ट्रोल, अल्ट र डेल बटनको माध्यमबाट विन्डोज कम्प्युटरमा लग इन गरिन्थ्यो। यद्यपि अपडेट विन्डोज भर्जनमा अब यसको आवश्यक छैन। अहिले यसको प्रयोग कम्प्युटर फ्रिज वा ह्याङ भएमा गरिन्छ।
यी तीनैवटै बटनलाई एकैपटक दबाएर टास्क म्यानेजर खोल्ने गरिन्छ। ती तीन बटनको प्रयोगलाई प्रयोगकर्तामैत्री मानिएको छैन। त्यसैले पनि त्यसको स्थानमा साझा बटन हुनुपर्ने गेट्सले महसुस गरेका हुन्।

विन्डोज कम्प्युटरका लागि आईबीएमले सन् १९८१ मा पहिलो किबोर्डको डिजाइन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्