दि फुटबल एसोसिएसन इड्गलैडले बेलायतस्थित नेपाली खेलाडीलाई सहयोग गर्ने



बाचस्पती रेग्मी, लन्डन । दि फुटबल एसोसिएसन इड्गलैडले बेलायतस्थित नेपाली खेलाडीको खेलको तालीम, विकास र उनीहरुको खेलको अबसरलाई आवस्यक सहयोग गर्ने र सेवा प्रदान गर्ने आश्वासन दिएको छ ।

फुटवल खेलको मातृभुमीको रुपमा रहेको बेलायतको फुटबल एसोसिएसनका ‘इक्वेलिटी एण्ड डाइभर्सिटी’ म्यानेजर केभिन कोल्मेनले हयाम्पसायर फुटबल क्लव, बर्नमाउथ फुटबल क्लव , यूके नेपाल फ्रेण्डसीप सोसाइटी र सहारा युकेको पदाधिकारी बीच शुक्रबार भएको एक मीटीड्गमा उक्त आश्वासन दिएका हुन् ।

बर्नमाउथ फुटबल क्लवमा भएको करिब दुई घण्टा लामो छलफलमा कोल्मेनले नेपाली खेलाडीलाई कोचिङ, रेफ्री ट्रेनिङ, फुटबल सेसन र अन्य अवसर दिने आश्वासन दिएको सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिएका दियकाछन् । बर्नमाउथ एफसीले पनि सम्भव भएसम्मका सहयोग गर्न तयार रहेको जनाउ दिएको छ । सहारा यूकेले बर्नमाउथ फुटबल 
क्लब र अल्डरसट टाउन फुटवल क्लवसंग खेलका माध्यमद्वारा सम्बन्ध बढाइरहेको छ ।

उक्त बैठकमा हयाम्पसायर फुटबल क्लबका अध्यक्ष क्रिस, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष एलान सान्का, सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, सल्लाहकार एवम अल्डरसट टाउन फुटवलका सहारा युके तर्फवाट ट्रस्टी डमर घले लगायतको सहभागिता थियो । नेपाली खेलाडीलाई फुटवल खेलको बिकासमा सहारा युकेको यो मीटीड्ग र भेटघाट कोशेढुड्गा साबित हुने आसा राखीयकोछ।

विगत ६ वर्ष देखि सन्डे लिगको डिभिजन वान खेलिरहेको सहारा यूकेले नेपालमा २८ जना असहाय बालबालिका सहारा एकेडेमी पोखरा मार्फत नियमित सहयोग गरिरहेको छ । साथै सहारा युकेले गोरखामा भूकम्पले क्षतिग्रस्त गणेश प्राथमीक विद्यालय ३५ लाखमा निर्माण गरिसकेको छ भने सिन्धुपाल्चोकको महेन्द्रज्योती माध्यमीक बिध्दालय हैबुड्गमा सम्पन्न हुने अन्तीम चरणमा छ । यी बाहेस स्वास्थ्य क्षेत्रमा धेरैको ज्यान बचाउन सहयोग पुर्याएकोछ ।

प्रतिक्रिया दिनुहोस्