अस्पताल सफाई अभियान थाल्नुस : स्वास्थ्य मन्त्री



नेपाल समाचारपत्र,काठमाडौ ।
स्वास्थ्य मन्त्री गिरीराजमणी पोख्रेलले अस्पतालहरुको व्यवस्थापन र सरसफाई निकै कमजोर भएको भन्दै सुधार गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रालयको बार्षिक प्रगति समिक्षा गोष्ठीमा स्वास्थ्य मन्त्री पोख्रेलले अस्पताल सफाई अभियान सुरु गर्न सम्पुर्ण स्वास्थ्य संस्थालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,–‘बिरामीमाथी न्याय गर्न चाहानुहुन्छ भने कमसेकम अस्पताल त सफा राख्नुस । आट्यो भने सकिने काम हो ।’

स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभुति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै त्यसका लागी आफु लागी परेको बताउनुभयो । गुणमा आधारीत काम गर्न सके स्वास्थ्य संस्थाहरु दिगो बन्ने भन्दै अस्पतालको पुर्नसंरचना गर्न आबश्यक रहेको बताउनुभयो ।

यस्तै, स्वास्थ्य मन्त्रालयले सुर्खेतलाई स्वास्थ्य सेवामा उत्कृष्ट जिल्ला घोषणा गरेको छ । मन्त्रालयले प्रत्यक वर्ष उत्कृष्ट जिल्ला घोषणा गर्दै आएको छ । सो जिल्ला ९ दशमलव १ अंक ल्याएर उत्कृष्ठ बन्न सफल भएको हो । यस्तै अछाम ८ दशमलव ४ अंक लिएर दोस्रो, प्यूठान ८६ दशमलव २ अंक ल्याएर तेस्रो बनेको छ ।

गतवर्ष पहिलो स्थानमा पाल्पा रहेको थियो । लाई पछिपार्दै सुर्खेत पहिलो बनेको प्यूठान गतवर्ष दशौं स्थानमा थियो । प्रादेशीक संरचना अनुसार एक नम्बर प्रदेशको झापा, दुईमा पर्सा, तीनमा ललितपुर, चारमा कास्की, पाँचमा प्यूठान, ६ मा सुर्खेत र ७ मा अछाम उत्कृष्ठ जिल्ला बन्न सफल भएको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्