जनकपुरमा तोडियो इतिहास, राजपा उम्मेदवार दोब्बर मतले विजयी



नेपाल समाचारपत्र, जनकपुर ।
वषौ देखि निरन्तर रुपमा कांग्रेसका बागीले जित्दै आइरहेको धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले जित हासिल गरेको छ।

राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहले कांग्रेसका उम्मेदवार भन्दा दुई गुना बढी मतले जित हासिल अग्रेका छन्।

सुरु देखि नै अग्रता लिएका साहले २१२७७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार मनोज कुमार साहले १०६३९ मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा पनि राजपाकी रिता झाले १६६१७ मत ल्याएर विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी निलम कर्णले १०१०९ मत ल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस्