वडादशैंको समयमा प्रयोग गरीने जमराको जुस १ हजारमा



हेटौंडा, (नेस) ।
आरोग्यका लागि खानपान शुद्धी, जडिबुटी उत्पादन, प्रशोधन र बिक्रीबितरण जस्ता सामाजिक उद्यम विकासको क्षेत्रमा क्रियाशील ओम आरोग्य उपभोक्ता सहकारी संस्थाको प्रवद्र्धनमा सशुल्क जुसपान शुरु भएको छ ।

जुसपान जीवनदान समूहबाट भुवनेश्वर पशुपति मन्दिरनजिक सेवाकेन्द्रबाट सर्वगुनी र विज्ञानले हरितरक्त मानिएको जमराको जुस सेवा आरम्भ गरिएको हो ।

दैनिक विहान ६ देखि ९ बजेसम्म ३० मिलि जमराको जुसको मूल्य ४० तथा मासिक १ हजार तोकिएको छ । जमराको जुसलाइ अंग्रेजीमा वीटग्रास पनि भनिन्छ भने यसलाई ग्रीनब्लड पनि भनिन्छ ।

यस्तो प्रकारको जुसमा अधिकमात्रामा अक्सिजन हुने भएकाले यसले हाम्रो शरीरमा भएका ब्याक्टेरियाहरुसँग लड्न मद्धत गर्ने हेटौंडा उपमहानगरपालिकाका अधिकृत बीके महर्जनले बताए ।

यसले छालामा साबुनको काम गर्दछ, दुर्गन्ध हटाउन पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । वडादशैंको समयमा प्रयोग गरिने जमरामा धेरै थरिका अनाजको जमरा बनाइन्छ । तर, गहुँको जमराको जुस भन्नाले गहँु उम्रेको १० देखि १५ दिनभित्र यसको जुस बनाएर खान उचित मानिन्छ । जमराको रस सेवनबाट विभिन्न रोगबाट मुक्ति एवम् सधैं स्वस्थ्य रहन सकिने उनले बताए ।

गहुँको जमरा क्लोरोफिलको राम्रो स्रोत हो । जमराको रसले पाचन क्षमता बढाउँछ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । शरीरमा जम्मा भएको विकार तथा विजातीय तत्वहरुलाई बाहिर निकाल्ने काम पनि यसले गर्ने महर्जनको भनाइ छ ।

घाँटीको समस्या हुने तथा धेरै बोल्न नमिल्नेहरुले जमरा सेवन गर्न सक्छन् । यसले मुख तथा दाँतको समस्या पनि हटाउँछ । जमराको रसले मालिस गर्दा छालाको रोग त हट्छ नै, साथै त्यसमा निखार पनि आउँछ । गहुँको जमराको रसको सेवनले रगत शुद्ध बनाउँछ ।

यसमा प्रशस्त पोषक तत्व एवम् भिटामिन पाइन्छ । यो कलेजो, मृगौलाको समस्या आदिमा पनि सहयोगी मानिनछ ।

प्रतिक्रिया दिनुहोस्