बाराको जितपुर सिमरा उपमहानगरमा एमाले विजयी



बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण पौडेल विजयी भएका छन् । १४८६५ मत ल्याई विजयी भएका उनका निकटतम प्रतिद्वन्द्न्दी कांग्रेसका कृष्णव्रत सिंहले १२०४३ मत प्राप्त गरे ।उपमेयरमा एमालेकै सरस्वती चौधरीले जित हात पारिन्। उनले १४ हजार ४५९ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसकी निरु रायमाझीले १२ हजार ४६५ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्