पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ सम्मानित



 

काठमाडौं, (नेस)
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ न्यूबिज विजनेस कनलेभ एन्ड अवार्डद्वारा प्रदान गरिएको लाइफटाइम एचिभमेन्ट इन विजनेस लिडरसिपबाट सम्मानित हुनुभएको छ।

उहाँको स्पष्ट विचार, नवीनतम् उद्यमशीलता, कुशल नेतृत्व तथा दूरदृष्टिले गर्दा पञ्चकन्या ग्रुप उचाईमा पुग्न सफल भएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो। उद्यमशीलतामार्फत् रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनमा उहँँको ठूलो भूमिका छ।

गुणस्तरीय सामग्री उत्पादनमा अग्रणी स्थान ओगट्न सफल पञ्चकन्या नेपाली बजारमा चिरपरिचित नाम हो। ४५औं वर्षको औद्योगिक यात्रासम्म आइपुग्दा पञ्चकन्या ग्रुपअन्तर्गत म्यानुफ्याक्चरिङ, ट्रेडिङ, सेवालगायत एक दर्जनभन्दा बढी उद्योग संचालनमा छन् भने १ हजार २ सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्