कांग्रेस कार्यकर्ता कुटिए



 

नेपाल समाचारपत्र
गौर
विजय जुलुसमा सहभागी हुन जाँदै गरेका नेपाली कांग्रेसका कार्यकर्तालाई एमालेका कार्यकर्ताले कुटपिट गर्दा शनिबार चार जना घाइते भएका छन्। निर्वाचन परिणामको विषयलाई लिएर वृन्दावन नगरपालिका निवासी एमालेबाट मेयरका उम्मेदवार विनोद कुर्मी नेतृत्वको टोलीले सांघातिक आक्रमण गर्दा शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह घाइते भएका छन्।

एमालेका उम्मेदवार विनोद कुर्मीलाई हराउँदै नेपाली कांग्रेसका रामस्नेही यादव विजय भएपछि एमाले कार्यकर्ता आक्रोशित बनेका हुन्। वृन्दावन नगरपालिकाको विश्रामपुरमा नेपाली कांग्रेसको विजय जुलुसमा जान आएका उनीहरूलाई पराजय भोगेका एमालेका उम्मेदवार विनोद कुर्मीसहितको टोलीले आक्रमण गरी घाइते बनाएका हुन्। उनीहरूको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्नहरूले बाँसलगायतका घरेलु सामग्री प्रयोग गरेको हुन सक्ने औंल्याइएको छ। प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्