कोतपाटीमा चर्या नृत्य



ललितपुर, (नेस)। पाटन दरबार क्षेत्र कोतपाटी परिसर शनिबार दिनभर चर्या र सांस्कृतिक नृत्यले गुञ्जियो। पाटन सांस्कृतिक मेलामा बालबालिकाले मञ्जुश्री, वज्रयोगिनी, कुमारीजस्ता विभिन्न चर्या नृत्य र सांस्कृतिक नृत्य प्रस्तुत गरेको थिए।

हातेमालो सञ्चारले आयोजना गरेको मेलामा नयाँ तथा पुराना कलाकारले विभिन्न सांस्कृतिक बाजागाजा र गीत पनि प्रस्तुत गरेका थिए। चर्या तथा सांस्कृतिक नृत्य हेर्न दर्शकहरुको भीड लागेको थियो।

प्रतिक्रिया दिनुहोस्