ऐश्वर्याद्वारा अन्तरंग दृश्य अस्वीकार



 

बलिउड अभिनेतृ तथा सन् १९९४ को मिस वल्र्ड विजेता ऐश्वर्या राय बच्चनले आगामी फिल्म फन्ने खानमा अभिनेता राजकुमार रावसँग अन्तरंग दृश्य दिन अस्वीकार गरेकी छिन्।

‘ऐश्वर्या आफ्नो फिल्मको सबै दृश्यलाई लिएर खास उत्साहित छिन्। तर, यसलाई लिएर उनले आशंकासमेत व्यक्त गरेकी छिन्’ –स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ। म्युजिकल कमेडीमा आधारित फिल्ममा अनिल कपुरलाई पनि देख्न सकिन्छ। फन्ने खान बेल्जियमका अभिनेता तथा निर्देशक डोमिनिक डरुदेरको ओस्कारमा मनोनयनमा परेको फिल्म एभ्रिबडी इज फेमसबाट प्रभावित भएको बताइएको छ।

यसअघि करण जोहरको फिल्म ए दिल हे मुश्किलमा रणवीर कपुरसँगको अन्तरंग दृश्यले गर्दा परिवारमा पनि खटपटको समाचार बाहिर आएको थियो। यसै कारण गसिपको पात्र बन्न र पारिवारिक अवस्थामा हलचल नआओस् भन्नका लागि पनि ऐश्वर्या राजकुमार रावसँग अन्तरंग दृश्य नगर्ने निर्णयमा पुगेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्