लण्डनमा संविधान तथा राष्ट्रिय दिवस मनाइयाे



लण्डन । नेपाली दूतावास लण्डनमा विविध कार्यक्रमका साथ नेपालको संविधान तथा राष्ट्रिय दिवस भव्य रुपमा हालै मनाइएको छ । नेपालको संविधान जारी भएको दुई बर्ष पुरा भई तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा यो कार्यक्रम मनाईएको हो। लामो जनआन्दोलनको परिणाम स्वरुप २०७२ साल अशोज ३ गते नेपालको नया संविधान जारी भएको थियो ।

नेपाली राजदूतावास लण्डनले आयोजना गरेको कार्यक्रममा नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले संबोधन गर्दै, ू सबै अतिथिहरुलाई स्वागत गर्दै नेपालको संविधानले बहुदलिय संसदीय व्यवस्था, कानूनी शासन, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवअधिकारलाई अंगीकारू गरेको बताए । सो संविधानले राजनीतिक स्थायित्व, आर्थिक विकास र सामाजिक रुपान्तरणसहित मुलुक शान्ति, समुन्नति र समृद्धिमा पुग्ग्दै रहेको विश्वास व्यक्त गरे । नेपाल र संयुक्त अधिराज्यबीच दुई सय बर्षभदा बढी लामो ऐतिहासिक सम्बन्ध र गोर्खालीहरुको इमान्दारिता र बहादुरीको उच्च प्रशंसा पायको स्मरण गरे । साथै उनले संयुक्त अधिराज्यले नेपालको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पु(याएको बताउदै नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सम्बन्ध जनस्तरसम्म कायम रहेको बताए । संयुक्त अधिराज्यका विदेश मन्त्रालयका निर्देशक महामहिम ओएन जेन्किन्सले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको उपलक्ष्यमा शुभकामना मन्तब्य व्यक्त गर्दै नेपाल र संयुक्त अधिराज्यबीच ऐतिहासिक र प्रगाढ सम्बन्ध रहेको बताए । उनले नेपालको सामाजिक र आर्थिक बिकासमा बेलायत सधै सहयोग गर्ने कुरा स्पष्ट पारे । जेन्किन्सले नेपालमा लोकतान्त्रिक संविधान जारी भई हाल कार्यान्वयनको चरणमा रहेको र स्थानीय निकायको सफल निर्वाचन पश्चात प्रदेश र संसदको आगामी निर्वाचनले नेपालमा लोकतन्त्र संस्थागत हुने विश्वास व्यक्त गरे ।

नेपाल र संयुक्त अधीराज्यको राष्ट्रीय गान बजायर शुरु गरीयको सो कार्यक्रममा सफलतापूर्वक सगरमाथा आरोहण गर्ने गोर्खा ब्रिगेडका नौ जना सैनिकहरुलाई नेपालको व्यवस्थापिका संसदका माननीय सदस्यहरु नारायण प्रकाश साउद, रामनारायण बिडारी, बहादुरसिहं थापा र निर्देशक महामहिम ओएन जेन्किन्सले सम्मान गर्दै दोसल्ला र टोपी प्रदान गरेका थिय।
भब्य रुपमा भएको सो कार्यक्रममा संयुक्त अधिराज्यका सांसदहरु, नेपालको व्यवस्थापिका संसदका सदस्यहरु, विभिन्न देशका राजदूत तथा कुटनैतिक प्रतिनिधिहरु, अन्र्तराष्ट्रिय सामुद्रिक संगठन ९आईएमओ० का महासचिव किटाक लिम र अन्र्तराष्ट्रिय कफी संगठन ९आईसीओ० का कार्यकारी निर्देशक जोशे सेत्ते, संयुक्त अधिराज्यका विभिन्न शहरका मेयर काउन्सिलरहरु, विदेश मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालय लगायत विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, नेपाल र नेपालीसंग सम्वद्ध बेलायती संघसंस्थाका विशिष्ट व्यक्तिहरु, राजदुतासबासका डीपुटी चीफ अफ मीसन शरदराज आरण एवम सम्पुर्ण कर्मचारीहरु , नेपाल पर्यटन बोर्ड युके शाखाका पर्यटन दुत पशुपति भण्डारी , गैरआवासीय नेपाली संघका अध्यक्ष लागायत पुर्व अध्यक्षहरु, तमुधी युकेका अध्यक्ष ग्याम गुरुड्ग, तमु पेलु संघका अध्यक्ष खुसीमान गुरुड्ग, पुर्व अध्यक्ष सोम गुरुड्ग , सहारा युके अध्यक्ष मीन गुरुड्ग,लगायत विभिन्न नेपाली संघसंस्थाका प्रनिनिधिहरु, बेलायतस्थीत नेपाली पत्रकारहरु, महामहीम राजदुतज्युको धर्मपत्नी श्रीमती पुनम सुबेदी र एनसीसी सदस्य शान्ती थापा, महीला समाजसेवीहरु , दिदी बहीनीहरु, समाजसेवी दाजुभाईको उपस्थिति रहेको र कार्यक्रममा रीफ्रेसमेन्ट समेत भब्य भयको थियो ।

प्रतिक्रिया दिनुहोस्