नेपाली काग्रेसका कार्यकर्तालाई एमालेका कार्यकर्ताले कुटे



एमालेको आक्रमण बाट घाईते भएका नेपाली काग्रेसका कार्यकर्ता

सञ्जय कार्की, गौर, रौतहट । बिजय जुलुसमा सहभागि हुन जादै गरेका नेपाली काग्रेसका कार्यकर्ता लाई एमालेका कार्यकर्ताले कुटपिट गर्दा शनीबार चार जना घाईते भएका छन ।

निर्बाचन परिणामको बिषय लाई लिएर बृन्दाबन नगरपालिकाका निबासी एमाले बाट मेयरका उम्मेदबार बिनोद कुर्मी नेतृत्वको टोलिले साङ्गघातिक आक्रमण गर्दा शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह घाईते भएका छन ।

एमालेका उम्मेदबार बिनोद कुर्मी लाई हराउदै नेपाली काग्रेसका रामस्नेही यादब बिजय भएपछि एमाले कार्यकर्ता आक्रोशित बनेका हुन । बृन्दाबन नगरपालिकाको बिश्रामपुरमा नेपाली काग्रेसको बिजयजुलुजान आएका उनीहरु लाई पराजय भोगेका एमालेका उम्मेदबार बिनोद कुर्मी सहितको टोलिले आक्रमण गरी घाईते बनाएका हुन ।

उनीहरुको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भैरहेकोे छ । घटनामा संलग्नहरुले बास लगायतका घरेलु सामग्री प्रयोग गरेको हुनसक्ने औल्याइएको छ । प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलले घटनाको अनुसन्धान भैरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्