दशै नजिकिए संगै सुदूरपश्चिममा दुर्घटनाको जोखिम बढ्यो



विमल विष्ट, डोटी ।
दशै तिहारका बेलामा तराई हुँदै सुदूरपश्चिमका पहाडी जिल्लामा आउने यात्रुको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि बढेको छ । दशै तिहार मनाउनको लागि तराईका लगायत देशका बिभिन्न ठाउ तथा भारतमा रोजगारी गरेर फर्किनेहरुको चापले गाडिहरु भरिभराउ हुन थालेपछि दुर्घटनाको जोखिम बढेको हो ।

समान सहित यात्रुहरु कोचाकोच भएर गाडिहरु पहाडी क्षेत्रमा आउँदा दुर्घटनाको जोखिम बढेको स्थानियबासीहरु बताउछन् । अहिले यहाँका राजमार्गका गाडीमा कञ्चनपुरको महेन्ロनगर तथा कैलालीको धनगढी र अत्तरीयाबाट डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, अछाम,बझाᆰ,दार्चुला र डोटीका यात्रुहरु जोखिम मोलेर यात्रा गरिरहेका छन् । यातायात व्यवसायीले पैसा कमाउने सिजन यही नै रहेको भन्दै सकेसम्मका यात्रुहरु बोक्ने गरेकोले दुर्घटनाको उच्च जोखिम हुनसक्ने सेक्टर बनकार्यालय बुडर डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘यहाँ चल्ने ३५ जनाको सिट क्षेमता भएको गाडीमा ४०￷४५ जना चढ्छन जोखिम नबढे के बढ्नु,यात्रु कोचा कोचले जतीबेला पनि दुर्घटना घट्न सक्छ ।’

यस्तो समयमा टूाफिक नियममा कडाई नगरिए जुन सुकै बेला पनि दुर्घटना हुन सक्ने स्थानियबासी बासी बताउछन् । उता दुर्घटना न्यूनिकरणका लागि टूाफिक नियममा कडाई गरिएको क्षेत्रीय टूाफिक प्रहरी कार्यालय अत्तरीयाका टूाफिक प्रमुख टूाफिक एसपी योगबहादुर पालले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘हामीले दुघटना न्युनीकरण गर्ने उदेश्यले गाडी चेकजाँचमा कडाई गरीरहेका छौ,गाडीको सिट क्षमता भन्दा बढी यात्रु चढाउने वा बोक्ने जुन सुकै गाडीलाई पनि अन्द स्पोटमा कार्वाहि गर्नु भन्ने एआईजी सापको निर्देशन अनुसार सबै युनिटलाई सर्कुलर भईसकेको छ,दुर्घटना न्युनिकरण गर्नमा हामी लागि रहेका छौ ।ᅳ पछिल्लो समय सुदूरपश्चिम क्षेत्रीय टूाफिक प्रहरी कार्यालय अत्तरीयाले यहाँको पहाडी जिल्लाको भीमदत्त राजमार्गका बिभिन्न स्थानमा चेकप्वाईन्ट समेत स्थापना गरेको जनाएको छ ।

यातायात व्यवसायीले पैसाका लागि जोखिम मोलेर पनि गाडि हाक्ने भएकाले यात्रु स्वयमले सचेत हुनुपर्ने टूाफिक प्रमुख एसपी पालले बताउनु भयो । उहाँले थप भन्नु भयो ‘सबै ठाउमा टूाफिक प्रहरी हुदैन कसरी मेरो यात्रा शुरक्षित हुन्छ भनेर यात्रुले पनि बुझनु जरुरी भएको छ ।’ त्यस्तै सुदूरपश्चिममा सवारीको क्षमता भन्दा बढी यात्रु बोकेर दुर्घटना भएमा गाडी चालकलाई टूाफिक प्रहरीले सवारी ज्यान मुद्दा लगाउने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्