एच आइ भी भएका व्यक्तिलाई सन्तुलित भोजन भत्ता



हिक्मत कुमार नेपाली, दैलेख । एच आइ भि भएका र एआरटी लिने व्यक्तिहरुका लागि सन्तुलित भोजनको व्यवस्थानका लागि भत्ता प्रदान गरिने भएको छ । दैलेखको आठवीस नगरपालिका भित्र रहेका एच आइ भि सक्रमित महिला, पूरुष तथा बालबालिकालाई सन्तुलित भोजन भत्ता प्रदान गर्ने नीतिगत निणर्य गरिएको हो ।

एच आइ भि भएका व्यक्तिहरुले नियमति रुपमा एआरटी सेवन गर्नु परेको कारण उनिहरु शारिरिक रुपमा कमजोर हुने गरेका छन् । यस्तो समस्यालाई समाधानका लागि आठवीस नगरपालिकाले पोषण भत्ता दिने नीतिगत निणर्य गरेको हो ।

गत जेठ २८ गते फियान नेपालले गरेको एक कार्यक्रममा आठवीस नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले एच आइ भि भएका व्यक्तिहरुलाई पोषण भत्ता प्रदान गर्ने प्रतिबद्धता गरेका थिए । स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिले गरेको प्रतिबद्धता अनुसार नगर सभा बाट नितीगत रुपमा सन्तुलित भोजन भत्ता प्रदान गर्ने निणर्य गरिएको हो । संख्यात्मक रुपमा दैलेखको सबै भन्दा वढी एच आइ भि भएका व्यक्तिहरु रहेको आठवीस नगरपालिकाले सन्तुलित भोजन भत्ता प्रदान गर्न लागेको हो ।

साथै नगरपालिकाले विभिन्न कारणले हिंसा भोगिरहेका व्यक्तिहरुका लागि उजिहरुको सिप र क्षमता अनुसार आर्थीक रुपमा सक्षम बनाउन विशेष पहल थाल्ने निणर्य समेत गरेको छ ।

नगरपालिकाले वडा नं. ३ मा एच आइ भि पिडित महिला सहयोगका लागि ५० हजार रकम विनियोजन समेत गरेको छ । यस्तै वडा नं. ४ मा एच आइ भि भएका व्यक्तिहरुका लागि आकस्मिक कोषका लागि १ लाख ५० हजार रकम विनियोजन गरेको छ । नगरपालिकाले वडा नं. ७ मा एच आइ भि पिडित तथा एकल महिला सहयोगका लागि २ लाख रकम विनियोजना गरेको छ ।

नगर सभाले एच आइ भि भएका व्यक्तिहरुलाई सन्तुलित भोजन भत्ता दिने नितीगत रुपमा निणर्य गरि सकेकोले अब कार्यान्वयनमा ल्याउने आठवीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् । एचआइभी भएका व्यक्तिहरुले नियमित औषधी सेवन गरेको कारण कमजोर हुने भएकोले सन्तुलित भोजन भत्ता प्रदान गर्न थालिएको उपाध्यायले जानकारी दिएका छन्

एच आइ भि भएका व्यक्तिहरु अझै पनि परिवार र समाजबाट अपहेलित हुनु परेको छ । खासगरि महिला र बालबालिका हरु सक्रमित भएपछि समाज र परिवारबाट अपहेलित हुने गरेका छन् । आठवीस नगरपालिकाको विभिन्न वडाहरुमा गरि ८७ जना एचआइभी भएका व्यक्तिहरुको तथ्यांक रहेको आठवीस नगरपालिकाकी उपप्रमुख दिपा बोहोराले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्