दशै मेलामा सन्तोषजनक व्यापार



नेपाल समाचारपत्र, ललितपुर । ललितपुर महानगरपालिका वडा नं १६ मा सञ्चालन भइरहेको दशै मेलामा सन्तोषजनक व्यापार भएको पाइएको छ ।
ललितपुर महानगरपालिका वडा नं १६ को कार्यालयले बुधबार सो मेला शुरु गरेको हो । मेलाको चौथो दिनसम्म उल्लेख्य मात्रामा व्यापार भएको स्थानीय महिला समूहका प्रतिनिधिहरु बताउँछन् । स्थानीय बजारको प्रवद्र्धन गर्न सो मेलाको आयोजना गरिएको गरिएको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । मेला सात दिनसम्म चल्ने छ । स्थानीय भल्खु, सलिछेँ, दौबहाल,पट्को टोल सुधार समिति, धौगल बजार व्यवस्थापन समिति र ललितपुर उद्योग वाणिज्य संघको सहयोगमा वडा कार्यालयले सो मेला आयोजना गरेको हो ।
‘धौगल बजारलाई पहिलकै व्यापारिक केन्द्रको स्वरुपमा ल्याउन, व्यवसायीहरुको उत्साह बढाउन, स्थानीय व्यवस्थित बजार बनाउन मेला गरेको हो निर्मलरत्न शाक्यले बताउनुभयो । मेलामा स्थानीय महिला समूहले बनाएको हस्तकला सामग्री, खाद्यान्न सामग्री, पौष्टिक तथा अर्गानिक तरकारीहरुको गरी ३० वटा स्टल राखिएको छ । हरेक दिन स्थानीय महिला समूह ,संघसस्थाले चर्यानृत्य, सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने पनि बताइएको छ । हरेक दिन ५ हजारले सो मेलाको अवलोकन गरेको वडाध्यक्ष शाक्यले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्