सिद्धबाबामा पहिरो खस्दा कार र ट्रक पुरिए, २ जनाको ज्यान गयो, हजारौँ यात्रु अलपत्र



नेपाल समाचारपत्र, बुटबल ।

रुपन्देहीको सिद्धबाबा स्थित सिदार्थ राजमार्ग सडकखण्डमा खसेको पहिरोले ट्रक र कार पुर्दा २ जनाको ज्यान गएको छ । पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुनः खसेको पहिरोले दुई जनाको ज्यान गएको हो ।

पुरिएर २ जनाको ज्यान गए पनि उनीहरुको सनाखत भने अझै सम्म हुन नसकेकको प्रहरीले जनाएको छ ।
पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । ट्रक र कार ध्वस्त भएका छन् ।

पहिरोमा अझै केहि संख्यामा मानविय क्षेती हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।

सडकमा पहिरो खसेपछि बाटोमा अन्य सवारीहरु जाममा परेका छन् । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीको भनाइ छ ।

दशैंमा घर जान हिँडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन् । तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा पहिरो खसेको हो ।

सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्