नेपाली जेन्टलम्यान सार्वजनिक



गायक लक्षु निरौला तथा विनोद ढकालको संयुक्त स्वरमा तयार भएको नेपाली जेन्टलम्यान बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। डिजे प्रिजमको नामले चिनिने किरण तुलाधरद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु अतुल पोखरेलले रचना गरेका छन्।

अर्जुन अधिकारीद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा गायकद्वय निरौला र ढकालको साथमा अभिनेत्री नम्रता सापकोटा, सञ्जना तथा सोनिका रोकायले नृत्य गरेका छन्। हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोमा सुरेन बस्याल तथा अनुराग ठकुरको संयुक्त कोरियोग्राफी छ।

भिडियो सुशील न्यौपानले सम्पादन गरेका छन्। लक्ष्मणले यसअघि झुम्यो तिम्रो बदन, रक्सी गिलेनमा जस्ता गीत गाएर चर्चा कमाएका थिए।

प्रतिक्रिया दिनुहोस्