सुरुचिलाई मिसेस नेपाल इन्टरनेशनलको ताज,अमेरिकामा नेपालको प्रतिनिधित्व गर्ने अवसर



रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई सामेल गरी राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा सुरुचि पाण्डे तेस्रो मिसेस नेपाल इन्टरनेसनल भएकी छिन्। गैरसरकारी संस्थामा कार्यरत मैतीदेवीकी सुरुचिले ३८ प्रतिस्पर्धीलाई पछाडि पार्दै भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित मिसेस नेपाल इन्टरनेसनल २०१७ को उपाधि चुमेकी हुन्।

मस्ट ट्यालेन्ट र बेस्ट क्याटवकको उपाधिमसमेत चुमेकी सुरुचिले मुख्य उपाधि विजेता भएबापत अमेरिकामा हुने मिसेस इन्टरनेसनल २०१७ मा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

उनले उपाधि जितेवापत रमन मोटर्सको काइट प्लस स्कुटरका साथै अन्य गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी छिन्। आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार यसै वर्षबाट मिसेस नेपाल इन्टरनेसनल उपाधि विजेतालाई सो अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व हुने व्यवस्था मिलाइएको हो। यसअघि प्रतियोगिताको दोस्रो संस्करणमा अनुपमा राई विजेता भएकी थिइन्।

प्रतियोगितामा रविभवनकी बैंकर्स यशोदा पोखरेल फस्ट रनर्सअपसँगै बेस्ट स्पिच, भक्तपुरकी प्रतिज्ञा राई सेकेन्ड रनर्सअपसँगै बेस्ट फिजिक र नगरकोटकी सम्झना त्रिपाठी थर्ड रनर्सअपसँगै सोसल वेलफेर एम्बेस्डर भए भने पुरानो वानेश्वरकी ज्योति दाहाल पनेरु फोर्थ रनर्सअप र सीता ओली मस्ट पपुलर चुनिएका छन्।

नायकद्वय रमेश उप्रेती र आर्यन सिग्देल, साहित्यकार तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगकी मञ्चला झा, प्रोफेसर डा. जितेन्द्रप्रसाद उपाध्याय, बैंकर्स अनिता प्रधान र मिसेस नेपाल इन्टरनेसनल २०१५ सविता लामिछाने निर्णायक रहेको प्रतियोगितामा शर्मिला श्रेष्ठ र उर्मिला श्रेष्ठ मेनेजमेन्ट च्वाइस, सुमित्रा कट्टेल बेस्ट स्कीन, ईशा भट्टराई ब्युटी विथ पर्पस, रीता सिंह रिमाल फेसबुक च्वाइस, गुञ्जना ढुंगाना बेस्ट पर्सनालिटी, अन्विसा शेर्पा मिसेस बब्ली फेस, लक्ष्मी तिमल्सिना मस्ट फोटोजेनिक, रेणु श्रेष्ठ मर्हजन भिवर्स च्वाइस, दिलमाया गुरुङ मिसेस कन्जिनियालिटी, जलता खनाल आचार्य बेस्ट हेयर, सस्मिना राउत बेस्ट स्माइल, पूजा लामा कुँवर फेसन आइकन तथा शोभा शाक्य बेस्ट डिसिप्लिन चुनिए।

कोरियोग्राफर तथा अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको कार्यक्रममा गायक रमेशराज भट्टराई र ध्रुव विस्कोले गीत संगीत तथा प्रीति कार्कीले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्