गुडलाइफ बेभरेजको म्याङ्गो ड्रिङ्क बजारमा



काठमाडौं, (नेस)
एसियन बिस्कुट एण्ड कन्फेक्सनरी तथा एसियन थाई फुडले नयाँ कम्पनि गुड लाईफ बेभरेजको पहिलो उत्पादन गुडलाइफ म्याङ्गो जुस नेपाली बजारमा ल्याएको छ।

उत्कृष्ट म्याङ्गो पल्प छनौट गरी बनाइएको यस म्याङ्गो जुस नकुहिने गरी सुरक्षितसँग टेट्रा प्याकमा प्याकिङ गरिएको कम्पनीले जनाएको छ।

‘खाने होइन, पिउने म्याङ्गो’ भनिएको यस म्याङ्गो ड्रिङ्कलाई कम्पनीले दक्ष तथा अनुभवी कामदारको प्रयोग गरी नेपालमै उत्पादन गरेको हो। २ सय मिलिमा उपलब्ध हुने गुडलाइफ म्याङ्गो जुसको मूल्य २५ रुपियाँ तोकिएको छ।

यसै वर्ष सुनसरीको दुहबीमा स्थापना गरिएको गुडलाईफ बेभरेज, जाजु ग्रुप र शारदा गुप्रको संयुक्त प्रयासमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ। कम्पनीले निकट भविष्यमा सबै प्रकारका वेभरेज नेपाली बजारमा उपलब्ध गराउने बताएको छ।

कम्पनीले म्याङ्गो ड्रिङ्कबाहेक अरू ४० भन्दा बढी बिस्कुट तथा २० भन्दा बढी चकलेट उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्