पहिलो महिनाको मूल्यवृद्धिमा गिरावट, निक्षेप संकलन भने बढ्यो



नेपाल समाचारपत्र,काठमाडौं ।
चालू आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो पहिलो महिनामा अघिल्लो वर्षको तुलनामा मुल्यवृद्धि घटेको हो।

राष्ट्र बैंकको अनुसार चालू आवको असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७ प्रतिशत रहेकोमा साउनमा सो केही न्यून भई वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३ प्रतिशत कायम भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८ दशमलव ६ प्रतिशत रहेको थियो। गत वर्षको आधार मूल्य उच्च रहेकाले समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको राष्ट « बैंकले जनाएको छ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फ्रीति ९ दशमलव ३ प्रतिशत रहेको थियो। त्यस्तै गैर–खाद्य मुद्रास्फ्रीति ४ दशमलव ९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फ्रीति ८ दशमलव १ प्रतिशत रहेको थियो।

क्षेत्रगत आधारमा सबैभन्दा बढी हिमालमा मूल्यवृद्धि रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा हिमालमा ५ दशमलव ६ प्रतिशतको मूल्यवृद्धि रहेको जनाएको हो। राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फ्रीति तराईमा २ दशमलव ८ प्रतिशत, पहाडमा २ दशमलव २ प्रतिशत र काठमाडौं उपत्यकामा १ दशमलव ३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७ दशमलव १ प्रतिशत, तराईमा ८ दशमलव ५ प्रतिशत, पहाडमा १० दशमलव ९ प्रतिशत र काठमाडौं उपत्यकामा ७ प्रतिशत रहेको थियो।

त्यस्तै, थोक मुद्रास्फ्रीति समीक्षा अवधिमा १ दशमलव २ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फ्रीति ५ दशमलव ९ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत् कृषिजन्य वस्तुको मूल्य सूचाङक शून्य दशमलव ६ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचाङक ३ दशमलव ८ प्रतिशत र आयातीत वस्तुको मूल्य सूचाङक शून्य दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुको मूल्य सूचाङक ९दशमलव ६ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचाङक ६ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुको मूल्य सूचाङक २ दशमलव ८ प्रतिशतले घटेको थियो।
त्यस्तै चालू आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप १ दशमलव ३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव १ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार २०७४ साउनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ८ प्रतिशत, ३५ दशमलव ३ प्रतिशत र ४३ दशमलव २ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८ दशमलव ५ प्रतिशत, ४३ दशमलव ८ प्रतिशत र ३० दशमलव ५ प्रतिशत रहेको थियो।

त्यस्तै वार्षिक वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १५ दशमलव ३ प्रतिशतले बढेको छ।

त्यस्तै सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव ४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव ७ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह शून्य दशमलव १ प्रतिशत, विकास बैंकको २ दशमलव ९ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव ३ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७ दशमलव ९ प्रतिशतले बढेको छ।

तर निजी क्षेत्रमा प्रवाहित कर्जा भने शून्य दशमलव ४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव ७ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव १ प्रतिशत, विकास बैंकको २ दशमलव ९ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव ३ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७ दशमलव ९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्