प्रहरी प्रशासन जनमैत्रीको सोचले चल्नुपर्नेमा जोड



नेपाल समाचारपत्र
ललितपुर
सुरक्षित र हाम्रो प्रशासन भन्ने जनताले अनुभूत गर्न प्रहरी प्रशासन जनमैत्री र सुशासनको मान्यताले सञ्चालन हुनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ।

गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजना र महानगरीय प्रहरी परिसर ललितपुरको संयोजनमा शुक्रबार कुमारीपाटीमा भएको शान्तिसुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन भन्ने विचार गोष्ठीका सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन्। उनीहरूले शान्तिसुरक्षाको लक्ष्य प्राप्ति लागि सुशासन र जनमैत्री प्रहरी संस्कार र व्यवहार महवपूर्ण साधन रहेको धारणा राखे।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले प्रहरी प्रशासनलाई जवाफदेही बनाउन गृहमन्त्रालयको निर्देशनअनुरूप सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले अपराध न्यूनीकरण, अपराध सुषुप्त अवस्थामै सूचना दिने कार्यले शान्तिसुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गणेबहादुर ऐरले प्रहरीले शासक नभइ सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रमा समुदाय, नागरिक समाजको सहयोग, समन्वयको खाँचो औंल्याउनुभयो।

प्रहरी वरिष्ठ उपरीक्षक ऐरले जनताप्रति संवेदनशीलताबाटै जनमैत्री व्यवहार, सोच आउने उल्लेख गर्दै त्यसबाट शान्तिसुरक्षा र अपराध न्यूनीकरणमा टेवा पुग्ने पनि बताउनुभयो। उहाँले समुदायसँग बढी घुलमिल भएर नै सुशासन र व्यवहारमा जनमैत्री प्रहरीको अवधारणालाई कार्यान्वयन गर्न सकिने धारणा राख्नुभयो।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले सुरक्षित समाज मात्र व्यवसायीहरू सुरक्षित रहने भएकाले शान्ति सुरक्षा र प्रहरी प्रशासनलाई जवाफदेही बनाउन संघले अग्रसरता लिँदै आइरहेको बताउनुभयो।
समारोहमा ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनले जनताको भाषा, संस्कृति र परम्पराको सम्मान, त्यसलाई ग्रहण गर्ने प्रवृत्तिले प्रहरी प्रशासनप्रति जनताको अपनत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा राष्ट्रिय युवा महासंघ ललितपुरका उपाध्यक्ष सुनील महर्जनले महानगरीय प्रहरी प्रभाग मंगलबजारसँग मिलेर विगत आठ महिनादेखि प्रहरी मेरो साथीअन्र्तगत लागूऔषध दुव्र्यसनी विरुद्धको सडक नाटक र सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको सन्र्दभ जोड्दै यसले युवावर्गमा प्रहरी प्रशासनप्रति अपनत्व भाव, समस्याका बारे खुलेर छलफल गर्ने वातावरण तयार गरेको बताउनुभयो।

वडाध्यक्षहरूको तर्फबाट ललितपुर महानगरपालिका वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, कुमारीपाटी व्यापार संघका अध्यक्ष पुष्परत्न शाक्य, नत्वा मिसा पुचःका अध्यक्ष सजनी महर्जनले प्रहरी प्रशासनलाई जवाफदेही बनाउन, कुनै समस्याका बारे सहज रूपमा छलफल गर्ने वातावरण तयार गर्न आ–आफ्नो स्तरबाट पहल गर्दै आएकोमा केन्द्रित गर्दै आ–आफ्नो धारणा राख्नुभयो।

यसअघि मंगल बजारबाट शुरु भएकोर्याली हौगल, टंगल, इतिटोल, कुमारीपाटी हुँदै जावलाखेलमा पुगेपछि सभामा परिणत भएको थियो। सोर्यालीमा विभिन्न वडा, टोलका महिला समूह, जातीय समाज, वडाध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्चलगायत विविध संघसंस्थाहरूको सहभागिता रहेको थियो। परिसरका अनुसार जिल्लाको सात स्थानमा बेग्लाबेग्लैर्याली र कार्यक्रम आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्