ट्रम्पको भाषणप्रति किम आक्रोसित



सोल, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उनले अस्थिर स्वभावका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको वार्षिक महासभामा सम्बोधन गर्ने क्रममा आफ्नो राष्ट्रका बारे गरेको टिप्पणी आफूले आणविक हातहतियार विकास कार्यक्रम अघि बढाएर ठिकै गरेको शुक्रबार बताएका छन्।

प्योङयाङको सरकारी सञ्चार माध्यममार्फत अप्रत्यासित रूपमा निजी विचार पोख्ने क्रममा किमले डोनाल्डले हालै अमेरिकाको रक्षाका लागि उत्तर कोरिया नष्ट गर्न सकिने भनी दिएको अभिव्यक्तिका लागि उनले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

ट्रम्पले किमको उपहास गर्दै उनलाई आत्मघाती अभियानमा रहेका ‘रकेट म्यान’को संज्ञा दिएका थिए। उत्तर कोरियाले लगातार क्षेप्यास्त्र र आणविक परीक्षण गर्दै गएकाले प्योङयाङ र वासिङ्टनबीच केही महिनायता तनाब चलिरहेको छ।

बिहीबार मात्र उत्तर कोरियाली विदेशमन्त्री रि योंग होले संयुक्त राष्ट्र संघमा ट्रम्पले दिएको भाषणलाई कुकुरको भुकाइसँग तुलना गर्दै ट्रम्पको धम्कीको जवाफमा उत्तर कोरियाले प्रशान्त महासागरमा हाइड्रोजन बम प्रहार गर्न सक्ने चेतावनी दिएका थिए।

दक्षिण कोरियाको योन्हाप समाचार निकायले रिलाई उद्धृत गर्दै यो अहिलेसम्मकै प्रशान्त महासागरमा गरिएको सबैभन्दा शक्तिशाली हाइड्रोजन विस्फोटन हुन सक्ने जनाएको छ। तर रिले किमले कस्तो किसिमको कारबाहीका लागि आदेश दिने हो स्पष्ट भइनसकेको पनि बताएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्