७० स्थानीय तहको मतगणना सम्पन्न,कांग्रेसको अग्रता कायमै



काठमाडौं, (नेस)
स्थानीय तहको तेस्रो चरणको निर्वाचन भएको १ सय ३६ स्थानीय तहमध्ये अहिलेसम्म ७० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ। आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार २३ स्थानीय तहमा, नेकपा एमालेका ८ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका १४ स्थानीय तहमा, राष्ट्रिय जनता पार्टी नेपालका ११ स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालका ११ स्थानीय तहमा, नेपाल लोकतान्त्रिक फोरमका २ स्थानीय तहमा र नेपाली जनता दलका उम्मेदवार १ स्थानीय तहमा विजयी भएका छन्।

नेपाली कांग्रेसबाट धनुषा, औरही गाउँपालिकामा ब्रह्मदेव यादवले २ हजार ५ सय ६९ मत, सिरहा, नवराजपुर गाउँपालिकामा विश्वमोहनप्रसाद यादवले २ हजार ३ सय ३ मत, धनुषाजनक नन्दनी गाउँपालिकामा अब्दुलबारिक शेखले २ हजार ७ सय १७ मत र धनुषा धनौजी गाउँपालिकामा बद्रीनारायण सिंह विजयी हुनुभयो।

त्यसै गरी नेपाली कांग्रेसबाटै सप्तरी, विष्णुपुर गाउँपालिकामा निलाम्बर यादवले २ हजार १ सय ५५ मत, रौतहट, परोहा नगरपालिकामा शेख वकिलले ६ हजार ४ सय मत, सर्लाही, धनकौल गाउँपालिकामा रामआश्रय साहले ४ हजार ५ सय २१ मत, सप्तरी, बेल्हीचपेना गाउँपालिकामा परमानन्द यादवले ३ हजार ४ सय ४५ मत, बारा, करैयामाई गाउँपालिकामा भुवनेश्वर धामीले ३ हजार ३ सय २९ मत, सर्लाही, रामनगर गाउँपालिकामा कृष्णप्रसाद बर्माले ३ हजार ९ सय ८३ मत ल्याएर विजयी हुनुभयो।

त्यसै गरी सर्लाही, हरिपुर्वा नगरपालिकामा सियाराम रायले ३ हजार ७ सय ५३ मत, महोत्तरी, लोहारपट्टी नगरपालिकामा शैलेन्द्र यादवले ४ सय ५ सय २३ मत, धनुषा, क्षीरेश्वर नगरपालिकामा योगन्द्र पञ्जियार बारा, निजगढ नगरपालिकामा सुरेशकुमार खनालले ७ हजार ८ सय ४८ मत ल्याएर विजयी हुनुभयो।

त्यसैगरी नेपाली कांग्रेसबाट विजयी हुनेमा सिरहाको कल्याणपुर नगरपालिकामा सूर्यनाथ मण्डल (४८०८ मत), रौतहटको गढीमाई नगरपालिकामा श्यामप्रसाद यादव (५४५७ मत), महोत्तरीको बलेवा नगरपालिकामा विनोद यादव (३६६१ मत), महोत्तरीकै औरही नगरपालिकामा सुनिलकुमार यादव (३१५९ मत), पर्साको पर्सागढी नगरपालिकामा लोकनारायण यादव (३९६५ मत), रौतहटको फतुवा विजयपुर नगरपालिकामा गोपालराय यादव, धनुषाको धनुषाधाम नगरपालिकामा बालेश्वर मण्डल (४४७३ मत) र सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा पर्शुराम चौधरी (३७९५ मत) रहनुभएको छ।

त्यस्तै नेकपा एमालेका आठ स्थानीय तहमा विजयी भएका छन्। सप्तरीको सप्तकोशी नगरपालिकामा उत्तमकुमार शर्माले ४ हजार ३ सय ६१ मत, पर्साको पटेर्वा सुगौली गाउँपालिकामा हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिमा मनोज यादवले ३ हजार ५ सय ४० मत, धनुषाको बटेश्वर गाउँपालिकामा डम्बरबहादुर राउतले २ हजार ३ सय ७७ मत ल्याएर विजयी हुनुभयो।

नेकपा एमालेबाट विजयी हुनेमा सिरहाको नरहा गाउँपालिकामा रामशरण यादव (१ हजार ६ सय ५६ मत), सिरहाकै सखुवानान्कारकट्टी गाउँपालिकामा केदारनाथ यादव (३ हजार १ सय ५५ मत), धनुषाको मिथिला विहारी नगरपालिकामा अनिल यादव (३ हजार २ सय ४२ मत) र सिरहाको सुखीपुर नगरपालिकामा रामअवतार यादव (६ हजार १ सय ११ मत) रहनुभएको छ।

नेकपा माओवादी केन्द्रका १४ स्थानीय तहमा विजयी भएका छन्। सिरहाको कर्जन्हा नगरपालिकामा गंगा पासवानले ४ हजार ३ सय ९ मत, सिरहाकै अर्नमा गाउँपालिकामा ठकु महतो कोइरीले २ हजार ४ सय ३६ मत, पर्साको ठोरी गाउँपालिकामा पदमलाल श्रेष्ठले २ हजार ८ सय २ मत, सिरहाको औरही गाउँपालिकामा सिद्धार्थ यादवले रौतहटको मौलापुर नगरपालिकामा रिना साहले ३ हजार ९ सय १२ मत ल्याएर विजयी हुनुभयो।

नेकपा माओवादीबाट विजयी हुनेमा रौतहटको यमुनामाई गाउँपालिकामा श्रीप्रसाद मुखिया बीन, महोत्तरीको गौशाला नगरपालिकामा शिवनाथ महतो (५ हजार ९ सय ४४ मत), महोत्तरीको सम्सी गाउँपालिकामा फारूक शेख (२ हजार ३ सय ४८ मत) सिरहाको मिर्चैया नगरपालिकामा श्रवणकुमार यादव (४ हजार ७ सय ३६ मत), सिरहाको धनगढीमाई नगरपालिकामा हरिनारायण चौधरी (५ हजार ६ सय ८३ मत), पर्साको छिपहरामाई गाउँपालिकामा मनोजकुमार, महोत्तरीको रामगोपालपुर नगरपालिकामा अशोककुमार मण्डल (२ हजार ९ सय ४४ मत), धनुषाको शहीदनगर नगरपालिकामा उदयकुमार यादव (५ हजार ९१ मत) र सर्लाहीको बाग्मती नगरपालिकामा भरतकुमार थापा (७ हजार २ सय ८१ मत) रहनुभएको छ।

राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार ११ स्थानीय तहमा विजयी भएका छन्। धनुषाको हंसपुर नगरपालिकामा रामज्ञान मण्डलले ३ हजार ३ सय २० मत, सर्लाहीको कौडेना गाउँपालिकामा रामप्रसाद राय यादवले ३ हजार २ सय ४४ मत, बाराको देवताल गाउँपालिकामा चन्दनकुमार सिंहले २ हजार ३ सय ३० मत, सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शिवनारायण साह, महोत्तरीको महोत्तरी गाउँपालिकामा सुनील राय र पर्र्सा कालिकामाई गाउँपालिकामा नथुनी कुशवाह निर्र्वाचित भएका छन् ।

राजपाबाट सप्तरीको रुपनी गाउँपालिकामा हरेराम यादव (४ हजार ६८ मत), सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विनोदकुमार शाह (४ हजार २ सय ३७ मत), महोत्तरीको मटिहानी नगरपालिकामा हरिप्रसाद मण्डल, बाराको परवानीपुर गाउँपालिकामा हरिनारायण साह (२ दुई ६ य ७७ मत), रौतहटको गौर नगरपालिकामा अजय गुप्ता विजयी हुनुभएको छ।
संघीय समाजवादी फोरम नेपालका ११ स्थानीय तहमा र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार दुई स्थानीय तहमा विजयी भएका छन्। संघीय समाजवादी फोरमबाट सिरहाको विष्णुपुर गाउँपालिकामा जागेश्वर यादवले १ हजार ९ सय ४० मत, सिरहा, भगवानपुर गाउँपालिकमा बेचनप्रसाद यादवले ३ हजार ५८ मत र सर्लाहीको पर्सा गाउँपालिकामा किसुनदेव राय २ हजार ३ सय १६ ल्याएर विजयी हुनुभयो।

फोरमबाट महोत्तरीको सोनमा गाउँपालिकामा राजकुमार यादव (४ हजार १ सय २९ मत), पर्साको विन्दवासिनी गाउँपालिकामा श्रीलाल शाह कानु (२ दुई ६ सय ११ मत), बाराको पचरौता नगरपालिकामा रमेशकुमार यादव (२ हजार ६ सय ४२ मत), सप्तरीको तिरहुत गाउँपालिकामा हेमन्तकुमार बहडखेर (२ हजार ९ नौ ४२ मत), रौतहटको देवाही गोनाही नगरपालिकामा धर्मेन्द्र पटेल (३ हजार २ सय ५५ मत), धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रामबाबु यादव (३ हजार १ सय २७ मत), धनुषाकै लक्ष्मीनियाँ गाउँपालिकामा विन्देश्वर यादव (३ हजार सय ४ मत,) बाराको फेटा गाउँपालिकामा अमिरीलाल प्रसाद (३ हजार ६ सय ११ मत) विजयी हुनुभएको छ।
फोरम लोकतान्त्रिकबाट रौतहटको ईशानाथ नगरपालिकामा सन्तोष मेहतले ५ हजार ७ सय ८५ मत, सर्लाहीको विष्णु गाउँपालिकामा जवाहरलाल यादवले १ हजार ९ सय ४६ मत ल्याएर विजयी हुनुभएको छ। नेपाली जनता दलले १ स्थानमा जितेको छ। पर्साको कालिकामाई गाउँपालिकामा नथुनीप्रसाद निर्वाचित हुनुभएको छ।
त्यसैगरी शुक्रबार रातिसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसले १९, नेकपा एमालेले १२, नेकपा माओवादीले १२ र राजपाले १४, संघीय समाजवादी फोरमले ८, लोकतान्त्रिक फोरम र जनता दलले १÷१ स्थानमा अग्रता कायम राखेका छन्। यसैगरी अहिलेसम्म ७ सय ५८ वटा वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको छ।
मतगणना बाँकी रहेका ९६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएको आयोगले जनाएको छ।

मतगणना रोकिएको स्थानमा सर्वदलीय सहमति गरी मतगणना सुचारु गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ। बाँकी स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्