केचना छोटी भन्सारमा स्थानीय प्रहरीको मिलोमतोमा तस्करी !



भद्रपुर(ने.स) । झापाको दक्षिणी क्षेत्र साविक केचना ३ हाल कचनकवल ४ केचना बजारमा रहेको केचना छोटी भन्सार विगत १० वर्ष देखि बन्द भएसगै तस्करी गतिविधीले निरन्तरता पाएको वेला शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले भद्रपुरले सामान बरामद गरेको छ । जिल्लावाट गएको शसस्त्र प्रहरीको विषेश टोलीले विभिन्न प्रकारका अन्दाजी ५० हजार मूल्य बरावरको समान बरामद गरेको हो ।
टोलीले सामान बरामद गरेपछि स्थानीय प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको पक्का भएको छ । भारतवाट दुइओटा साइकलमा हालेर नेपाल ल्याउदै गरेको अवस्थामा विहीवार अपरान्ह् साविक पाठामारी ५ हाल कचनकवल ५वाट सामान बरामद गरिएको शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरले जनाएको छ । बरामद गरिएको सामानमा साइकल पार्टस,झ्याल– ढोकाका सामान , कपडा, मुन्ना विडी,खेलौना लगायत रहेको शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरका एसपी रमेश सुवेदीले बताए ।

टोली पुगेसगै कारोवारीले साइकल छाडेर भागेपछि अन्दाजी ५० हजार मूल्य बरावरको सामान बरामद गरिएको एसपी सुवेदीले जनाए । बरामद सामानलाइ आवश्यक कारवाहीका लागी मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइने सुवेदीको भनाइ छ ।
स्थानीय प्रहरी खटाएपनि तस्करी नरोकिएको अवस्थामा जिल्लावाट गएको टोलीले सामान बरामद गरेपछि सो क्षेत्रमा खटिएका शसस्त्र प्रहरीलाइ तनाव भएको बुझिएको छ । जिल्लाको टोलीले सामान बरामद गरेपछि तनावमा रहेका स्थानीय प्रमुखले जिल्लावाट आएर सामान बरामद गर्नेलाइ सरुवा गराइदिने सम्मको भाषा प्रयोग गरेको बुझिएको छ ।
त्यसैगरि केचना र पथरियामा रहेको नेपाल प्रहरी टोलीले संयुक्त रुपमा २० हजार मूल्य बरावरको बारुदजन्य पटका(खुर्सानी बम ) बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतवाट टाउकोमा राखेर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा कचनकवल २ चियावगानवाट विहीवार साँझ पटका बरामद गरिएको एसपी विष्णु कुमार केसीले जनाए । बरामद सामाग्रीलाइ जिल्ला प्रहरी कार्यालयमा राखिएको एसपी केसीले जानकारी दिए ।

भौतिक संरचना तथा असुरक्षाका कारण देखाउदै छोटी भन्सार बन्द भएपछि भन्सार नाका हुदै दैनिक लाखौं मुल्य बरावरको सामान तस्करी हुने गरेको छ ।

भारतको कादोगाउ बजारवाट हाडवेयर, कपडा, मोटर पार्टस, इलेक्ट्रोनिक्स लगायतका सामान दैनिक ठाना चौक पश्चिम वगानवाट जलथलको जंगल हुदै विर्तामोड जाने गरेको छ । स्थानीय नौसाद र आफाक नाम गरेका व्यत्तिले मुख्य कारोवारी रञ्जितको सामान ल्याउने गरेका छन् भने खड्ग भन्ने व्यत्तिले गोरुको कारोवार गर्ने गरेको स्थानीयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्