ओठ सुन्दर बनाउने घरेलु उपाय !



विज्ञहरूका अनुसार गर्मीमा गरम एवं सुख्खा हावाका कारण ओठ फुट्छ र
स्वस्थ ओठका लागि धेरै घरेलु उपायहरु हुन्छन् ।
१. गर्मीमा पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्नुपर्छ । यसबाट शरीरको नरमपनसँगै ओठको नरमपन पनि कायम रहन्छ ।
२. ओठमा ड्राइनेस महसुस भए हल्का रूपले ओठमा लिप ब्रस प्रयोग गर्नुपर्छ । पछि लिपबाम प्रयोग गर्नुपर्छ ।
३. राति सुत्दा पेट्रोलियम जेली, कोकोनट आयल वा फ्रेस मख्खन प्रयोग गरे ओठको नरमपन कायम रहन्छ ।
४. मेकअप गर्दा लिपग्लसको साटो युवी रेज सोस्ने राम्रो ब्रान्डको लिपबाम प्रयोग गर्नु उपयुक्त हुन्छ ।
५. ओठ बढी फुटेको छ भने लिप मोइस्चराइजर तथा लिपबाम दुवै दिनमा ३–४ पटक प्रयोग गर्न सकिन्छ ।
६. खानपिनमा पोषकतत्वलाई पर्याप्त मात्रामा समावेश गर्नुपर्छ । भिटामिन सी, भिटामिन ई, हरियो सागपात एवं मौसमी फलफूल सेवन गर्नुपर्छ ।
७. गर्मीमा लस्सी जति बढी सेवन गरियो ओठको स्वास्थ्यका लागि त्यति नै राम्रो हुन्छ ।

ओठ सुन्दर बनाउने घरेलु उपाय :
१. थोरै मात्रामा मह, चिनी तथा कागतीको रस मिसाएर फ्रिजमा राख्ने । केही समयपछि उक्त मिश्रणलाई ओठमा प्रयोग गर्ने । घाममा काम गर्ने महिलाले यसको प्रयोग बढी गर्नुपर्छ ।
२. ओठ अत्यधिक फुटे टमाटरको रसलाई शुद्ध घिउ वा मख्खनमा मिसाएर ओठमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्