ताप्लेजुङका बैकहरुमा चाप बढ्दा सेवा प्रभाबित, तीन करोडको नयाँ नोट वितरण



रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङका बैकहरुमा सेवाग्राहिको चाप ह्वातै बढ्दा बैकहरुको सेवानै प्रभावित भएको छ ।

विद्यालय र सरकारी कार्यालयको तलब भत्ता निकाल्ने र दशैको समयमा नयाँ नोट साट्नेहरुको चाप एकैपटक बढेकाले सोचे जस्तो सेवा प्रदान गर्न नसकिएको नेपाल बैक लिमिटेड ताप्लेजुङ शाखाका खचाञ्जि दिपक भट्टराईले बताउनुभयो ।

दशैको समय भएकाले बैक निरन्तर नखुलेकाले पनि दैनिक सेवा दिन नसक्दा खुलेको दिन चाप अत्याधिक बढेको भट्टराईको भनाई छ । बैक खुल्ने दिन सेवा ग्राहि विहान ८ बजेबाटनै लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

सरकारी कार्यालय र विद्यालयको कारोबार नेपाल बैकबाट मात्र हुने भएकाले सबै भन्दा बढि चाप नेपाल बैकमा रहेको छ । अन्य सातवटा निजि बैकमा चाप कम भए पनि सबै सरकारी कार्यालयको काम नेपाल बैक बाट मात्र हुने भएकाले बढि चाप भएको भट्टराईको भनाई छ ।
यस पटक विद्यालयको तलब निकासा ढिला भएकाले पनि चाप बढि भएको हो । ईन्टरनेट सर्वरमा समस्या नआएकाले चाप बढे पनि समय सम्म सेवा प्रदान गर्न संभव भएको बैकका कर्मचारीहरुले बताएका छन् ।

ताप्लेजुङमा ३ करोडको नयाँ नोट
दशैलाई लक्षित गर्दै यस वर्ष नेपाल बैक लिमिटेड ताप्लेजुङले जिल्लाका सेवाग्राहिका लागि तीन करोडको नयाँ नोट वितरण गरीरहेको छ ।

नेपाल बैकबाट मात्र वितरण गरे चाप थेग्न नसक्ने भएकाले जिल्लाका अन्य सातवटा निजि बैकलाई पनि सुरुमा १०÷१० लाखका दरले नयाँ नोट वितरण गरीएको खचाञ्जि भट्टराईले बताउनुभयो । आवस्यक परे अझै नयाँ नोट समेत दिने गरी सञ्चित राखिएको उहाँको भनाई छ ।

एनएमवि बैकलाई भने ८० लाखको नयाँ नोट दिईसकिएको समेत उहाँले बताउनुभयो । नेपाल बैक पछि एनएमवि बैकमा बढि कारोबार हुने गरेको छ । यो वर्ष रु १० को बाहेक ५, २०, ५० र १०० को मात्र नयाँ नोट आएको नेपाल बैक लिमिटेड ताप्लेजुङ शाखाको भनाई छ । हाल सम्म सयको बाहेक अन्य नयाँ नोठ सकिएको र रु सयको भने अझै वितरण भईरहेको बैकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्