पाठेघर सम्बन्धि बिरामी भएका दजर्नौ महिलाको निशुल्क उपचार



विमल विष्ट, डोटी ।
पाठेघरको समस्याले लामो समय देखी पिडित भएका डोटीका दुई दजर्न बढी महिलाको निशुल्क उपचार भएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुरमा रहेको जिओपीडी शाखाले सञ्चालन गरेको दुई दिने निशुल्क स्वाथ्य सिविरमा यहाँका दुई दजर्न बढी महिलाको निशुल्क शाल्य क्रिया गरिएको छ । काठमाण्डौको केएमसि मेडिकल कलेजका बरिष्ठ स्त्रि रोग बिषशज्ञ डाक्टर आकृति भारतीले पिडित महिलाहरुको उपचार गर्नु भएको हो ।

नेपाली सेनाको न ५ फिए सैनिक अस्पतालको आग्रहमा डाक्टर भारतीले यहाँका नेपाली सेनाका बहाल वाला, भुपु लगायत अन्य सिबिलहरुका परिवारहरुलाई उपचार गर्नु भएको हो । उपचार गर्न आएका अधिकांस महिलाहरुमा रिङपेसरी राखिएको छभने केही महिलाहरुको पाठेघरको अप्रेसन नै गर्नु पर्ने देखिएको बरिष्ठ स्त्रिरोग बिशेषज्ञ डाक्टर आकृति भारतीले बताउनु भयो । उहाँले भन्नु भयो ‘केही महिलाको पाठेघरको अप्रेसन नै गर्नु पर्ने देखिएको छ,यहाँ बाट रिफर भएका आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई केएमसी मेडिकल कलेजमा निशुल्क अप्रेसनका लागि पहल गरेको छु ।’

सुदूरपश्चिमका महिलाहरुमा रोग लुकाउने बानीका कारण पाठेघरको समस्या जटिल बन्दै गएको आफुले गरेको चेक जाचका क्रममा पाएको डाक्टर भारतीले बताउनु भयो । उहाँले थप भन्नु भयो ‘आफुलाई रोग लागेको छ भन्ने थाहा हुदाहुदै पनि लाजका कारण यहाँका महिलामा रोग लुकाउने बानी रहेछ,अहिले रोग लुकाए पछि जटिल समस्या बन्न सक्छ ।’

सेनाको जिओपिडि शाखाको सहयोगमा डाक्टर भारतीले आफनो पाठेघरको निशुल्क शाल्यक्रिया गरिदिएपछि आफु निकै खुसि भएको जोरायल गाउपालिका ५ गड्सेराकी ५० बर्षिया खोमादेबी विष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘ बर्षौ देखी रोग लुकाएर बसेका थियौ,लाजले कसैलाई पनि भन्न सकेका थिएनौ,सेनाले अबसर जुटाईदियो,सबैलाई धन्ने बाद ।’ त्यस्तै पाठेघर तथा स्त्रि सम्बन्धि रोग भएका बिरामीलाई उपचार गर्न आउन सेनाको जिओपिडि शाखाले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्